पथरी शनिश्चरे ८ सेमि फाइनलमा प्रवेश

पथरी शनिश्चरे ८ सेमि फाइनलमा प्रवेश

पथरी, मोरङको पथरी शनिश्चरे नगर स्थित भुटानी शरणार्थी शिविरमा जारी प्रथम नगर स्तरीय फुटबल प्रतियोगितामा वडा नं. ८ सेमि फाइनलमा प्रवेश गरेको छ ।

हिजो भएको खेलमा वडा नम्बर २ लाई टाइब्रेकरमा १–४ गोल अन्तरले पछि पार्दै ८ नम्बर सेमि फाइनलमा प्रवेश गरेको हो ।

पहिलो हापको खेल शुरु भएको ७ औं मिनेटमा २ का खेलाडि कबि राईले गोल गरेका थिए भने दोस्रो हाफको ८ औं मिनेटमा ८ नम्बर वडाका खेलाडि महेन्द्र मगरले गोल गर्दै बराबरीमा पु¥याएका थिए । खेल अबधिभर एक बराबरी गोल भएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा ८ नम्बर वडाका खेलाडिहरु एली लिम्बू, सौरज राउत, महेन्द्र मगर र समिर याक्खाले गोल गरेका थिए । वडा नम्बर २ का खेलाडि शन्तोष न्यौपानेले गोल गरेपनि निरज परियारले प्रहार गरेको गोल पोलमा ठोकिएर बाहिरिएको, अर्का खेलाडि अमृत राईले हानेको गोल विपक्षी गोलरक्षकले रोकका थिए ।

खेलको म्यान अफ द म्याच बिजेता ८ नम्बर वडाका खेलाडि समिर याक्खा घोषित भए । याख्खाले नगद १५ सय र मेडल प्राप्त गरे ।

आजको खेल वडा नं. ३ र आयोजक भुटानी शरणार्थी शिविर शनिश्चरे ए टिमबीच हुने आयोजक समितिका संयोजक कुमार राईले जानकारी दिए ।

सम्बन्धित खवर