वडा नं १ लाई २-० गाेल अन्तरले पाखा लगाउदै ९ नं वडा सेमिफाइनलमा

वडा नं १ लाई २-० गाेल अन्तरले पाखा लगाउदै ९ नं वडा सेमिफाइनलमा

पथरी, प्रथम नगर स्तरीय मैत्रीपूर्ण फुटबल टुर्नामेन्ट २०२१ मा पथरी शनिश्चरे वडा नं. १ लाई २–० अन्तरले पाखा लगाउँदै वडा नं. ९ सेमिफाइनलमा प्रवेश गरेको छ ।

पथरी शनिश्चरे १० मा अवस्थित पथरी रंगशालामा आज भएको खेलमा २३ औं मिनेटमा सेनेहाङ लिम्बुले प्रहार गरेको बल रिवाउण्ड भएकाे बललाई सही सदुपयोग गर्दै वडा नं. ९ का लागि विनोद राईले गोलको खाता खोलेका थिए । त्यसपछि खेलको ५९ औं मिनेमा सेनेहाङ लिम्बुले गोल गर्दै टिमलाई विजयी बनाएको हो ।

 

खेलको म्यान अफ द म्याच विजेता टिमका विनोद राई घोषित भए । उनलाई खेलको प्रमुख अतिथि पर्शुराम कार्कीले नगद रु. १५ सय र मेडल प्रदान गरे । भोलिको खेल वडा नं. २ र ८ बीच हुने आयोजकले जानाएकाे छ ।

सम्बन्धित खवर