गायक रामकृष्ण ढकालको नयाँ सार्बजनिक (भिडियो सहित)

गायक रामकृष्ण ढकालको नयाँ सार्बजनिक (भिडियो सहित)

गायक रामकृष्ण ढकालको स्वरमा रहेको उकालीको त्यो पल्लो डाडाँ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा खोटाङको रावा बेशी गाउँ पालिकाको वडा न. १ मा पर्ने कुभिण्डेको रमणिय दृश्यहरुलाई कैद गर्दै माओवादी द्वन्दकालको घटनालाई चित्रण गरिएको छ । उक्त गीतमा गीतकार साजन श्रेष्ठको शब्द तथा अशोक थापाको संगीत रहेको छ।

उक्त गीतमा कलाकार मोहन चाम्लिङ, कनन खालिङ, शीला गजुरेल, राम कुमार बान्तावा, विशाल राई मनोज खालिङ साथै अन्य स्थानिय कलाकारहरुको समेत अभिनय रहेको छ । कुमार गजुरेलको निर्देशन रहेको यस गितको भिडियोमा बाल मनोबिज्ञानमा आधारित माओवादी द्वन्दकालको घटना र त्यसको असरलाई अत्यन्त कलात्मक ढंगले प्रस्तुत गरेका गरिएको छ । भिडियो :

यस गितमा रामेश्वर हुमागाईको छायांकन, तारा थापा किम्भेको सम्पादन रहेको छ । वाउ पिक्चर को ब्यानरमा निर्मित यस गितको भिडियोमा कृय टिभडाइरेक्टरको रुपमा मोहन चाम्लिङ रहेका छन् । यस गित साइराम पिक्चरको युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: