वडाले ग¥यो खेलकुद सामग्री बितरण

वडाले ग¥यो खेलकुद सामग्री बितरण

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका २ नम्बर वडा कार्यालयले वडाको खेलकुद विकासका लागि खेलकुदका सामग्री वितरण गरेको छ ।

वडाको खेलकुद शिर्षकको कार्यक्रम अन्तर्गत १ लाख रुपैयाँको बजेटमा फुटबल, फुटबल नेट, भलिबल, भलिबल नेट, क्रिकेट ब्याट, जर्सी सहित १८ प्रकारका सामग्री वितरण गरिएको हो ।

वडाध्यक्ष यामप्रसाद गुरागाईं, वडा सचिव विन्दु सुवेदी, वडा सदस्यहरु अरुणा राई, अग्नी गुरुङ, पर्शुराम न्यौपाने र सीता भुसाल तथा ज्येष्ठ नागरिक एकता समन्वय केन्द्रका नगर अध्यक्ष नेत्रप्रसाद दहाल सहितले वडा खेलकुद विकास समितिका संयोजक बिक्की राईलाई सामग्री हस्तान्तरण गर्नुभयो ।

सम्बन्धित खवर