अन्जु पन्तको विवाह,छोरी भन्दा आमा तरुनि

अन्जु पन्तको विवाह,छोरी भन्दा आमा तरुनि

गायिका अञ्जु पन्तले दोस्रो विवाह गर्ने भएकी छिन् । गायक तथा संगीतकार मनोजराजसँगको सम्बन्ध टुटेपछी एक्लो जीवन बिताउँदै आएकी अञ्जुले पत्रकार थीर कोइरालासँग विवाह गर्न लागेकी हुन् । थीरको प्रेममा डुब्दै आएकी अन्जुले पत्रकार सामु आफू विवाह गर्न लागेको बताएकी हुन् । उनले विवाह कहिले हुन्छ भनेर खुलाउन भने चाहिनन् । अहिले दुई परिवार बिच विवाहको बारेमा छलफल भईरहेको उनले बताएकी छिन् ।

छोरी परितोशिकाका कारण अन्जुले विवाह गर्न लागेको बुझिएको छ । आफूले विवाह गरेर गएपछि आमा एक्लै हुने पीरले छोरी परितोशिकाले अन्जुलाई विवाहको दबाब दिंदै आएको बताईन्छ । करिब ८ बर्ष अगाडी एक अन्तर्वाताको क्रममा थीरसँग भेट भएको बताउने अन्जुले ४ बर्षदेखि भने एकअर्का बिच राम्रोसँग चिनजान हुन थालेको बताईन् । बिगत एक बर्षदेखि भने विवाह गर्ने सोच बनाएको अन्जुको भनाई छ । आफ्नो हुनेवाला श्रीमानको बारेमा खुलेर प्रशंसा गर्दै अन्जुले भनेकी छिन्, ‘नाम अनुसारकै उहाँ थीर, शान्त, शालिन, भावुक हुनुहुन्छ । उहाँले मलाई निकै चोखो माया गर्दै आउनु भएको छ र उहाँको त्यो माया प्रति म आभारी छु ।’

‘मलाई थिरले चोखो प्रेम दिएका छन्’

गायिका अन्जु पन्तले आफूलाई थिर कोइरालाले चोखो प्रेम दिएको बताएकी छिन्न् । प्रेम दिवसको अवसरमा कुरा गर्दै अन्जुले भनिन्, ‘एउटा किताबमा सयौं पेज हुन्छ । त्यसमा सयौं कहानी र घटना हुन्छन् । सोचेको भन्दा नसोचेको घटना आइलाग्छ । म पनि आफै अचम्मि छु, बिहे गर्दिनँ भनेर हिडेकी थिएँ ।’ अन्जुले थिरलाई आफूले नजिकबाट चिनेको ४ बर्ष भएको बताइन् ।

अन्जुले आफूलाई थिरले चोखो प्रेम दिएको उल्लेख गरिन् । बिहेको बिषयमा उनले भनिन्, ‘हामी ४ बर्षदेखि नजिक थियौं । तर, बिहेको कुरा अगाडि बढेको गत बर्षबाट मात्र हो । परिवारसँग कुरा गरेर अगाडि बढ्ने सहमती गरेर हामीले एक हुने निर्णय गर्यौं । बिहे कहिले गर्ने भन्ने कुरा त पछि थाहा भैहाल्छ ।’

अन्जुले थिरमा इष्र्या, डाहा र छटपटी केही पनि नभएको भन्दै शान्त स्वभावको बानी आफूलाई मन परेको सुनाइन् । आफ्नो प्रेम दिवस विशेष भैरहेको बताउँदै अन्जुले भनिन्, ‘सबैको जीवनमा प्रेमको महत्व हुन्छ । तर, पछिल्लो समय भ्यालेन्टाइन डेलाई फेसनको रुपमा मानिसहरुले लिइरहेका छन् । प्रेम दिवस फेसन मात्र होइन । किशोर अवस्थामा हुने प्रेम र अहिलेको प्रेम फरक हुने रहेछ ।’ उनले प्रेममा माया, इज्जत, आदरणिय कुरा हुने भन्दै यो कुरालाई वुझेका जोडीको प्रेम सफल हुने सुनाइन् । अन्जुले भनिन्,‘प्रेम, सद्भाव, इज्जत र फिक्री अझै बढी हुनुपर्छ । दुबैमा एकले अर्कोलाई सम्मान पनि गर्नुपर्छ ।’ अन्जुले थिरका लागि प्रेम दिवसको अवसरमा चलचित्र ‘ऐश्वर्य’मा समावेश ‘तिमी रोएको पल तिमीलाई’ गाएर समेत सुनाइन् ।

नायिका बन्ने बाटोमा परितोशिका

गायिका अन्जु पन्तकी छोरी परितोशिका पन्त मोडलिङ हुँदै चलचित्र यात्रामा लाग्ने तयारीमा छिन् । अन्जु आफै पनि अब छोरीलाई मोडलिङमा ल्याउने बताउँछिन् । परितोशिका आफ्नी आमाको जस्तो स्वर आफ्नो नभएको र आफू त्यो तहमा नपुग्ने भन्दै गायन पेशमा नलाग्ने बताउँछिन् । हालै मात्र उनी अभिनित म्यूजिक भिडियो ‘धेरै माया नदेउ’ सार्वजनिक भएको छ । यो गीतबाट मोडलिङ यात्रा थालेकी परितोशिका अन्जु पन्तकी छोरी भनेर मानिसहरुले गर्ने मुल्यांकनका कारण खुशी पनि छिन् र दिक्क पनि । साना–साना गल्ती गर्दा पनि अन्जु पन्तकी छोरी भएर यस्तो गर्ने भन्दा उनको मन दुख्छ । ‘धेरै माया नदेऊ मलाई, टाढा हुँदा गाह्रो हुन्छ ।’ गायिका अञ्जु पन्तले स्वर तथा संगीत भरेको गीत हो यो । तर, गीतको भावले उनी र उनकी छोरी परितोषिकाबीचको सम्बन्धको कथा भन्छ । देशकै चर्चित समाचार पार्टल अनलाइनखबरसँगको कुराकानीका क्रममा अञ्जु र परितोषिकाले एक अर्काबीचको माया र जिन्दगीका कयौं भोगाइका कथा फुकाए ।

अञ्जुलाई छोरी परितोषिका ठूली हुँदै जाँदा एक दिन आफूलाई छाडेर पराई घर जान्छिन् भन्ने सोच आइसकेको छ । तर, के छोरीलाई आमालाई छाडेर पराई घर जानुपर्छ भन्ने सोच आएको छ त ? परितोषिकाले भनिन्,‘यो त मलाई लागि नै हाल्छ । सधैं त म ममीसँग हुन सक्दिनँ । यसैले त मैले ममीलाई जीवनसाथी खोज्न बारम्बार आग्रह गरेको छु ।’ अञ्जुलाई छोरीले नै बिहेका लागि स्वीकृति र दबाब दिएकी छिन् । तर, के अञ्जु बिहे गर्ने सोचमा पुगेकी छिन् त ? प्रश्नले अञ्जुलाई केहीबेर सोच्नमग्न बनायो । भनिन्, ‘नानीले जहिले पनि मलाई किन निराश हुनुभएको भन्छिन् । मेरो डिभोर्स भएको १० बर्ष भयो । १० बर्षदेखि मलाई छोरीको साथ त छ । तर, उनी पनि पराई घर गएपछि मलाई दुख्दा तातो पानी तताएर दिने मान्छे चाहिन्छ । छोरीले बिहे गर्नैपर्छ भनेर प्रेसर दिइरहेकी छिन् । तर, मेरो सोच बिहे नै नगर्ने हो । यो मेरो इच्छा नै नभएको कुरा हो । तर, मलाई धेरैले बिहेका लागि सुझाव दिइरहनुभएको छ ।’अहिलेसम्म अञ्जुको जिन्दगी रमाइलोसँग बितिरहेको छ । तर, जीवनसाथी नहुँदा उनलाई पीडा भएको छ कि भनेर उनकै साथी, आफन्त र छोरीले पनि सोच्ने गर्छन् । अञ्जुको दिमागमा अहिलेसम्म बिहे गर्नुपर्छ भन्ने सोच त आएको छैन । तर, भोलिको दिनमा भइहाल्यो भने पनि उनी सहर्ष स्वीकार गर्ने पक्षमा छिन् । आफूलाई बुझ्ने, नबदलिने प्रेम गर्ने मानिस आएको खण्डमा अञ्जु बिहे स्वीकार गर्ने सोचमा छिन् । 

अञ्जु र परितोषिकाको सम्बन्ध ‘आमा छोरी’को भन्दा पनि ‘साथी’को जस्तो छ । उनीहरु एक अर्कासँग मनका पीडा, खुशी, सफलता, असफलता सबै साट्छन् । कहिलेकाहीँ अञ्जु निराश हुँदा परितोषिका ममीको हात समाउँदै उनलाई सम्झाउँछिन् । कहिलेकाहीँ छोरीको मन दुख्यो भने ममी अञ्जु पनि उनलाई काखमा राखेर धेरै कुरा सम्झाउँछिन् ।परितोषिका सानै हुँदा अञ्जु र मनोज राजको डिभोर्स भयो । के परितोषिकाले बाबुको अभाव महसुस गरिन् त ? उनी भनिन्–‘बच्चामा कहिलेकाहीँ त लाग्थ्यो नै । तर, मेरो ममीले मलाई आमा र बुबा दुबैको माया दिनुभएको छ । यसैले पनि मैले कहिल्यै पनि बुबाको मायाको अभाव भोगिनँ ।’ अञ्जुले यो प्रश्नमा थप्दै भनिन्, ‘बच्चा हुँदा जन्मदिनको समयमा झमझम पानी परिरहेको थियो । बुबा आउनुहुन्छ भनेर उनले धेरै समय पर्खिइन् । पछि, केही बर्षसम्म उनले बुबालाई पर्खिने गर्थिन् । तर, विस्तारै उनलाई पनि बानी र्पयो । परितोषिकाका कारण आजसम्म अञ्जुले कुनै तनाव लिनुपरेको छैन । अञ्जु भन्छिन्–‘मलाई चौतर्फी रुपमा तनाव हुँदा पनि छोरीका कारण खुशी मिलेको छ । यसैले पनि मलाई बाँच्ने आधार मिलेको छ ।’

परितोषिका मोडलिङ गर्ने र नायिका बन्ने सोचका साथ अगाडि बढेकी छन् । उनलाई नायिका बनाउनका लागि निर्माता–निर्देशक अञ्जुको घरसम्म पुगेका छन् । अब भने अञ्जु छोरीलाई कला क्षेत्रमा ल्याउने तयारीमा लागेकी छिन् । अञ्जु पन्तको स्वर आफैंमा ‘भगवानको उपहार’ हो भनिन्छ । तर, छोरी गायन क्षेत्रमा आउने सोचमा छैनन् । किन उनले गायिका नबन्ने सोच राखेकी होलिन् ? परितोषिका भन्छिन्–‘मेरो गीत गाउने रहर मात्र हो । म ममीको सफलतालाई भेट्न सक्दिनँ । उहाँ जस्तो दोश्रो कोही जन्मिन्छ भन्ने मलाई लाग्दैन । यसैले पनि रहरका लागि मात्र आउनु भन्दा नआउनु नै ठीक लाग्यो । म मोडलिङमा नै केही गर्छु ।’ अञ्जु र परितोषिकाले जिन्दगीका गाली, ताली, ठक्कर खुबै भोगेका छन् । अहिले पनि अञ्जु कुनै एउटा नकारात्मक प्रतिक्रियामा लामो समय सोचेर बस्छिन् । अञ्जु भन्छिन् ‘कोही व्यक्तिले गाली र्गयो भने मलाई निकै निराश बनाउँछ । म किन यस्तो लेखेको होला भनेर लामो समयसम्म सोच्छु । मेरो छोरीले यी सबै कुराहरु भोगेकी छिन् । बरु, उनले मलाई सम्झाउँछिन् । एक–दुईवटा गालीका बीचमा हजारौं राम्रा प्रतिक्रिया आएका छन्, त्यो हेरेर खुशी हुनुहोस् भन्छिन्न्। तर, मलाई त प्रतिक्रिया दिने मान्छे र उसको सोचलाई हेरेरै तनाव हुन्छ ।’

परितोषिका ग्ल्यामर दुनियाँमा प्रवेश गरिसकेकी छिन् । उनले, गाली र ताली दुबैलाई सहर्ष स्वीकार गर्न सक्छु भन्ने ठानेकी छिन् । जिन्दगीमा कयौ पटक रोएर अञ्जु र परितोषिकाका रातहरु कटेका छन् । यसैले, अञ्जु कसैलाई हतोत्साही बनाउने गरेर गाली नगर्न सबैसँग अपील गर्छिन् ।

सम्बन्धित खवर