चर्चित ट्युनमा ‘दुरी मजबुरी’ (भिडियोसहित)

चर्चित ट्युनमा ‘दुरी मजबुरी’ (भिडियोसहित)

चर्चित ट्युनमा म्युजिक भिडियो ‘दुरी मजबुरी’ बजारमा आएको छ । एन्याक्समुस म्युजिक नामक म्युजिक प्रोडक्सन टिमले भर्खरै रिलिज गरेको हो । सामाजिक सञ्जाल टिकटक, भ्ल्ग, युट्युबलगायत थुप्रै स्थानमा पहिले नै निक्कै चर्चा कमाइसकेको ट्युनमा गायक सिडी बिजय अधिकारीले शब्द र संगीत सिर्जना गरेर गायिका प्रबिशा अधिकारीसंग गाउनुभएको हो ।

इनाक्षी इन्टरटेन्मेण्टको प्रस्तुति यस गीतको म्युजिक भिडियोमा कलाकारहरु सुधिर श्रेष्ठ, आशु न्यौपाने, सरोज खनाल, रश्मि भट्ट, दिपकराज पाठक , उत्तम श्रेष्ठलगायतको अभिनय रहेको छ । म्युजिक भिडियोलाई निर्देशन निर्देशक उत्तम श्रेष्ठ ‘शिशिर’ ले गर्नुभएको छ । त्यस्तै गीतमा कोरियोग्राफी सन्तोष राजबहाकको रहेको छ । छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईँको र सम्पादन अमृत चापगाइँको रहेको छ।

सम्बन्धित खवर