रंगेलीमा सम्पन्न प्रथम व्याडमिन्टन प्रतियोगिताको उपाधी धरानले जित्यो

रंगेलीमा सम्पन्न प्रथम व्याडमिन्टन प्रतियोगिताको उपाधी धरानले जित्यो

किरण न्यौपाने
रंगेली । मोरङको रंगेलीमा आयोजित प्रथम नगरस्तरीय तथा खुल्ला व्याडमिन्टन प्रतियोगिताको उपाधी “धरान सि” ले जितेको छ । रंगेली व्याडमिन्टन युवा क्लवको आयोजना तथा रंगेली नगरपालिकाको आर्थिक सहयोगमा नेपाल बैकको कवड हलमा शनिवार सम्पन्न प्रतियोगितामा धरान लाई २–१ को सेटले हराउदै “धरान सि” ले उपाधीमा जितेको हो । मोर¨, सुनसरी र झापाका १६ टिमको सहभागीता रहेको प्रतियोगिताको फाइनल खेलमा धरानका धन बहादुर लिम्बु र सन्तोश साहुदेनले पहिलो सेट २१–१७ ले जितेको थियो । भने दोस्रो सेट “धरान सि” का सन्तोश खड्का र सुजन श्रेष्ठको टिमले २१–१९ ले जित निकालेको थियो । निकै कडा प्रतिस्पर्दात्मक खेलको अन्तिम तेस्रो सेट “धरान सि”ले एड्भान्टेजमा ३०–२९ ले जित्दै उपाधी चुमेको थियो । जित संगै विजेताले नगद तेह्र हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र हात पारेको छ भने उपविजेता धरानले नगद ७ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र पाएको छ । प्रतियोगिताको सेमिफाइनल बाट बाहिरिएको विराटनगर टिमका डिल्लीराम डागी र जनम राई तथा धरान ए का सन्तोश लिम्बु र सुरज लिम्बुको टिमले समान १५÷१५ सय प्राप्त गरेका थियो । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथी रहनुभएका रंगेली नगरपालिका मेयर दिलिप वगडीया, वडाध्यक्ष द्धय रामचन्द्र मण्डल, महानन्द मण्डल, इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख देवपुकार यादव, सामुदायीक सेवा केन्द्र अध्यक्ष मचिन्द्र कटुवाल, वुिद्धजिवी सुरेश मिश्र र समाजसेवी संजिव श्रेष्ठ लगायतले पुरस्कार वितरण संगै शुभकामना मन्त्वय व्यतm गर्नु भएको थियो । कार्यक्रम रंगेली व्याडमिन्टन क्लवका अध्यक्ष ब्रजेश मेहताको सभापतित्वमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर