किरण न्यौपाने
रंगेली । मोरङको रंगेलीमा प्रथम नगरस्तरीय तथा खुल्ला व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । रंगेली व्याडमिन्टन युवा क्लवको आयोजना तथा रंगेली नगरपालिकाको आर्थिक सहयोगमा नेपाल बैकको कवड हलमा शुक्रवार देखि प्रतियोगिता शुरु भएको हो । रंगेली नगरपालिका मेयर दिलिप वगडियाले एक कार्यक्रमको बिच प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । रंगेलीमा पहिलो पटक आयोजना गरिएको प्रतियोगिता २३ र २४ गते सम्म हुने आयोजक क्लवले जानकारी दिएको छ । प्रतियोगिताको उद्घाटन गर्दै रंगेली नगरपालिका मेयर वगडीयाले खुलकुद क्षेत्रको पुर्वाधार विकासका लागी आफुले दिर्घकालिन सोच राखेकाले रंगेलीमा कवर्ड हलको आवश्यकता देखिएकाले नगर बाट आवश्यक बजेट विनियोजन गरी नया कर्वड हल निर्माण गर्ने उद्घोष गरेका छन् । प्रतियोगिता अन्र्तगत शुक्रवार सम्पन्न नगरस्तरीय १० टिम सहभागी खेलमा दिपक मण्डल र रमेश मण्डलको टिमले उपाधी जितेको छ । मण्डल समुहले सुरज सुवेदी र उषन खड्का समुहलाई २–१ को सेटले हराउदै उपाधीमा कब्जा जमाएको थियो । पहिलो सेट २१–१६ ले हारेको मण्डल समुहले दोस्रो सेट एड्भान्टेजमा २३–२१ र तेस्रो सेट २१–१४ ले सहज जित निकाल्दै उपाधी चुमेको थियो । प्रतियोगितकाको शनिवार हुने खुल्ला प्रतियोगितामा मोरङ , झापा र सुनसरीका १६ टिम विच प्रतिस्पर्दा हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको विजेता तथा उपविजेता समुहलाई क्रमश नगद १५ हजार र ५ हजार सहित शिल प्रमाण पत्र र मेडल पुरस्कार राखीएको छ ।
