प्रिमियर लिगको हिसाब सार्वजनिक, आगामी सिजनको तयारी थाल्ने

प्रिमियर लिगको हिसाब सार्वजनिक, आगामी सिजनको तयारी थाल्ने

पथरी, पथरी शनिश्चरे प्रिमियर लिगको आय व्याय सार्वजनिक भएको छ ।

गत मंसिर २५ गते देखि पौष ११ गतेसम्म आयोजित प्रथम पथरी शनिश्चरे प्रिमियर लिगको खर्च सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । आयोजक कमिटिले बैदेशिक रोजगारमा गएकाहरुबाट ३ लाख ९३ हजार ५ सय, पथरी शनिश्चरे नगरपालिकाबाट ४ लाख ९२ हजार ५ सय र मुख्य तथा सह प्रायोजकहरुबाट ५ लाख ५० हजार गरी जम्मा १७ लाख ४ हजार ५२५ रुपैँया आम्दानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै नगद पुरस्कार, साउण्ड सिस्टम, स्वंयमसेवक परिचालन, अतिथि सत्कार, गेट, स्टेज निर्माण लगायतका विबिध शीर्षकमा १४ लाख ८८ हजार ६७५ रुपैँया खर्च गरेको छ । खर्च गरेर २ लाख १५ हजार ८५० रुपैँया बचत गरेको कमिटिले जनाएको छ ।

बचत रकमबाट आउने सिजनका लागि तयारी गर्ने, पथरीबाट बाहिर खेल्न जाने खेलाडी टिमलाई सहयोग गर्ने योजना रहेको अध्यक्ष संजिव गिरीले जानकारी दिनुभयो । आउने सिजनका लागि अहिलेबाट नै तयारी थाल्ने र अझै व्यवस्थित रुपमा आउने सिजनको प्रिमियर लिग आयोजना गर्ने गिरीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर