प्रकाश राईलाई जिताउन धरानमा भोजपुरेहरुको घरदैलो अभियान

प्रकाश राईलाई जिताउन धरानमा भोजपुरेहरुको घरदैलो अभियान

धरान उपमहानगरपालिकाको मेयरमा प्रकाश राईलाई जिताउन भोजपुर थातथलो भई धरान बस्दैं आएका भोजपुरेहरुले घरदैलो अभियान शुरु गरेका छन् । करिव ५ हजार घरधुरी संख्यामा राम्रो कामको जानकारी गराउदैं अभियान शुरु गरको हो ।
अभियानका लागि नेकपाको केन्द्रीय सदस्य जयन्ती राईको संयोजकत्वमा घरदैलो टोली बनाएको भोजपुर सरोकार समाजकी अध्यक्ष कमला राईले जानकारी दिइन । टोलीमा नेकपाका क्रन्द्रीय सदस्य हरि राई, संविधानसभा सदस्य किरण राई, नेकपा जिल्ला कमिटी भोजपुरका अध्यक्ष प्रेम राई, जिल्ला कमिटी सदस्य धुर्व राईलगायत रहेका छन् ।
धरान १८ नेकपा पार्टी कार्यालयमा आज भएको भेलाले मंसिर १४ सम्म धरानमा बसेर भोजपुरबाट धरानमा आएका स्थानीयहरुसँग भोट माग्ने अभियान शुरु गरिएको केन्द्रीय सदस्य जयन्ती राईले जानकारी दिइन् । भेलामा प्रदेश माननीय सावित्री श्रेष्ठ, नेकपा प्रदेश सदस्य डिवि शाह शंकरलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर