वार्षिककोत्सवको अवसरमा कामनासेवाको विभिन्न कार्यक्रम सम्पन्न

वार्षिककोत्सवको अवसरमा कामनासेवाको विभिन्न कार्यक्रम सम्पन्न

पथरीमा रहेको कामना सेवाविकास बैंकले आफ्नो १३ औं वार्षिकोत्सव देशैभर विभिन्न कार्यक्रम गरि मनाएको छ ।
यसै अवसरमा वार्षिक उत्सवको दिन कात्र्तिक २७गते बैंकले कारोबार सुरु गरेको तथा औपचारिक उद्घाटन हुनबाँकी रहेका ५२ वटा शाखाकार्यालय तथा केन्द्रियकार्यालय भवनको एकै साथ डिजिटल उद्घाटन अर्थमन्त्रि डा. युवराज खतिवडाले गरेका थिए ।
बैंकले सोहीदिन विभिन्न शाखाकार्यालयको मार्फत विभिन्न किसिमका सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम गरेको थियो । त्यसका साथै फुड फर लाईफ नामकएक संस्थालाई बैंकमाकार्यरत कर्मचारीहरुबाट प्रतिदिन रु.१ संकलनगरि आएको कुल रकम रु.१,१२,०९० रुपैँया हस्तान्तरण गरेको छ ।

यस्तै प्रदेश–१ मा रहेको पाडाँजुगी शाखामार्फत कमलगाउँपालिका वार्ड नं. ५ लाई पाडाँजुगी चोकमा सि.सि. क्यामरा संचालनगर्नको लागीआर्थिक सहयोग गरेको छ ।
वाषर््िाकोत्सवको अवसरमाप्रदेश नं. १ मा रहेको मधुमल्लाबजारमा बैैंकका प्रदेश १ भरिका शाखाकार्यालयमाकार्यरत कर्मचारीहरु, ईलाकाप्रहरी कार्यालय मधुमल्लातथा स्थानियको उपस्थितीमा बैंकले बजार सरसफाई कार्यक्रम, वृक्षरोपण गरौ वनजोगाआ,ैं हरियो वन नेपालको धनलगायतका नारा सहितबजार परिक्रमागर्नूका साथै मावानुनसरि सामुदायिक बन क्षेत्रको खाली स्थानमा वृक्षरोपण कार्यक्रम पनि गरेको छ ।
कार्यक्रममा कामना सेवा विकास बैंक प्रदेश–१ का प्रदेश प्रमुख सुजन छाराहाङ राईले बैंकको तर्फबाट बोल्दै पोखारामा रहेको राष्ट्रिय स्तरको विकास बैंक कामनाबिकास बैंक र बुटवलमा रहेको क्षेत्रिय स्तरको विकास बैंक सेवाविकास बैंक एक आपसमागाभिएर बनेको कामना सेवाविकास बैंकले हाल १०३ वटा शाखाकार्यालय तथा ५० भन्दा बढि एटिएम मार्फत ग्राहकमुखिभई आधुनिक बैंकिङ सुविधाप्रदानगरिरहेको यस विकास बैंकले प्रदेश १ मा १३ वटा शाखाकार्यालय संचालनगरिरहेको र निकट भविष्यमाप्रदेश १ मामात्र३ वटाथपशाखा संचालनगरिने जानकारी गराउनुभयो ।
राईले बैंकको संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत समाजलाई प्रत्यक्ष सकारात्मकप्रभावपार्ने कार्यक्रमहरुमाआर्थिक तथाअन्य सहयोग गर्नुपर्ने भएकोले यस अन्तर्गतआजकाकार्यक्रम हरु गरेको तथाआउँदादिनमाप्रदेश–१ मा हरेक महिनाकुनै पनिशाखा बाट कम्तिमा एउटा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमगर्ने लक्ष्य रहेको बताउनु भयो ।
आजको वृक्षरोपण कार्यक्रममा रोपीएको २०० वटा विरुवा ठुलो भएर हुर्किउन्जेल बैंकले त्यसको रक्षागर्ने जिम्मा पनि लिएको बताउनु भयो ।

सम्बन्धित खवर