सन्दकपुरमा एसएसबीको हस्तछेप ः नेपाली भूभागभित्र निर्माण कार्यमा रोक

सन्दकपुरमा एसएसबीको हस्तछेप ः नेपाली भूभागभित्र निर्माण कार्यमा रोक

नेपाल र भारतको सिमानामा लामो समयदेखिको विवाद र सिमा मिचामिचको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ । केही समय अघिदेखि सीमामा समस्या नभएजस्तै गरेपनि सानोतिनो समस्या अहिले पनि देखिइरहने गरेको छ । भारतीय सुरक्षा निकाय एसएसबी सीमाक्षेत्रका भारतीय भूभागमा जताततै छ । एसएसबीले दशगजा क्षेत्रमा टेण्ट हालेर, हतियार राखेर बस्ने क्रम अहिले पनि चलिरहेको छ ।
देशकै पर्यटकिय गन्तव्य मानिएको सन्दकपुरमा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थालेको भ्यूटावर निर्माणमा रोक लगाएको छ । त्यो भ्यूटावर बन्दै गरेको जग्गा नेपालकै हो तर एसएसविले आफ्नो भन्दै रोक लगायो । निमार्णमात्रै हैन खाद्यान्नमा पनि रोक लगाएको छ । नेपाली भूभागमा दश गजा छाडेर होटल बनाउँन थाले पनि एसएसविले रोक लगाउने र दुख दिने गरेको स्थानीयको भनाई छ ।
इलाममा नेपाल भारत सिमानामा पर्ने ठाउँमा एसएसबीले दशगजाभित्रै पाल टाँगेरे र हतियार पनि सोभ्mयाएर बस्छन । भारतले बारम्बार सिमा मिचेर सँरचना बनाईरहन्छ तर नेपाली भूभागमा सँरचना बनाउदा पनि पटक पटक रोक लगाउने र दुख दिईरहने गरेको स्थानीयको भनाई छ । इलाम जिल्लाको भागमा पर्ने भारतीय सिमानामा जम्मा १४६ वटा सीमा स्तम्भहरू छन् । तीमध्ये मुख्य स्तम्भ १७ वटा र सहायक स्तम्भ ८३ र सानो स्तम्भ ४६ वटा भनिए पनि हाल मूख्य १६ सहायक ७० र सानो २१ वटा मात्र स्तम्भ रहेको सिमा प्रसासन कार्यलयका शाखा अधिकृत दयाकृष्ण ढकाल बताउनुहुन्छ ।
इलाम र भारत सिमाना सँगको लम्वाइ औषत ३८ किलो मिटर र अधिकतम ४५ किलोमिटर रहेको छ ।

सम्बन्धित खवर