पाइप लाइनबाट ४ करोड लिटर डिजेल, नोक्सानी शून्य

पाइप लाइनबाट ४ करोड लिटर डिजेल, नोक्सानी शून्य

१ कार्तिक २०७६, शुक्रबार
पाइप लाइनबाट डिजेल ढुवानी गरेसँगै ढुवानीको क्रममा हुने नोक्सानी अन्त भएको छ । आयल निगमका अनुसार ढुवानीका क्रममा हुने तापक्रम, चुहावटका कारण इन्धन नोक्सान भइरहेको थियो ।
भदौ २४ गतेदेखि औपचारिक रुपमा पाइपलाइनबाट ढुवानी भएपछि नोक्सानी अन्त भएको हो । ‘ट्याँकरबाट ढुवानी हुँदा तापक्रमका कारण केही प्रतिशत लस हुन्थ्यो । ग्यासबाट लिक भएर पनि जान्छ’ अमलेखगन्ज डिपो प्रमुख प्रदीपकुमार यादवले भने,‘अहिले पाइपबाट आउँछ । मोटरले तान्छ । तातोचिसो हुन पाएन । त्यसैले अहिले कुनै लस भएको छैन । ढुवानीमा ‘जिरो लस छ ।’ जानकारका अनुसार ट्यांकरबाट ढुवानी गर्दा तापक्रमसँगै इन्धन चोरी पनि हु्ँदै आएको थियो । अहिले भने सम्पूर्ण लस बन्द भएको हो ।
यादवका अनुसार पाइप लाइनको क्षमता प्रतिघन्टा २ लाख लिटर हो । नेपालतर्फ भुगोल उचाइका कारण प्रतिघण्टा १ लाख ७० हजार लिटर डिजेल नेपाल भित्रिएको छ । कान्तिपुर दैनिकबाट

सम्बन्धित खवर