शब्द थिएटरले ग¥यो कोरोना सचेतनाको नाटक

शब्द थिएटरले ग¥यो कोरोना सचेतनाको नाटक

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकाले खोप लगाउन खोपकेन्द्रमा आएका बालबालिकाका अभिभावकहरुलाई कोरोना भाइरसको सचेतनाका लागि कचहरी नाटक प्रस्तुत गराएको छ ।

नगरको स्वास्थ्य प्रवद्र्धन अभियान अन्तर्गत नगरकै ‘शब्द थिएटर’का कलाकारहरुले आज सहरी स्वास्थ्य केन्द्र पथरी र हसन्दह स्वास्थ्य चौकीमा कचहरी नाटक ‘कोरोना’ प्रस्तुत गरेका हुन् ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोला, १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन सहितका जनप्रतिनिधिहरुको आतिथ्यतामा नाटक प्रस्तुत गरेका थिए ।

विदेशबाट आएर क्वारेन्टिनमा वस्न नमानेको, कोरोना भाइरस मार्नका लागि भन्दै रक्सि पिएको, कोरोनाबाट बच्न सजकता नअपनाएको तथा कोरोनाबाट ज्यादै त्रसित भएर मानसिक असर समेत परेको विभिन्न पक्षलाई नाटकमा उतारिएको थियो । दर्शकहरुकै सुझावका आधारमा कोरोनाबाट बच्ने सजकता अपनाउने कुरामा कचहरी गरिएको थियो । अरुलाई बोलाएर नगरी नियमित खोपमा आउनेहरुका लागि नाटक मार्फत सन्देश प्रवाह गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

कोरोनाको त्रास होइन सजकता अपनाऔं, मास्क, सेनिटाइजर लगाऔं, सामाजिक दूरी कायम गरौं, साबुनपानीले मिचीमिची हात धोऔं र आफु पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने सन्देश प्रवाह गरिएको थियो ।

भूपेन्द्र तिम्सिनाको लेखन, जीवन वरालको निर्देशन, सरोज तिम्सिनाको प्रवन्ध सहितको अभिनयमा मेनुका कुलुङ र लीला कुलुङ सामेल रहनु भएको थियो ।

सम्बन्धित खवर