पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरमा लामो समयदेखि क्रियाशील रहेका पत्रकारलाई सम्मान गरेको छ । आज नगरपालिकाको हलमा आयोजित एक कार्यक्रमका बिच प्रदेश दैनिकका कायकारी सम्पादक केशव निरौलासहितलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा लामो समयदेखि पत्रकारीता पेशामा रहेका दिनेश सुब्बा, नगरको यसवर्षको उत्कृष्ट सञ्चार माध्यम तिम्मा न्यूजका बिजय खम्बू, क्रियाशील पत्रकार पुरस्कार छविराज ढकाल रहेका छन् । पुरस्कार तथा सम्मान छनौट समितिले निष्पक्ष रुपमा र विधिसम्मत नगरेको भन्दै अर्का पुरस्कार पाउने लिस्टमा रहेका ईश्वर दुलालले भने पुरस्कार बहिस्कार गरेका छन् ।
अघिल्ला वर्षहरूमा लामो समयदेखि क्रियाशील रहेका पत्रकारलाई मुहार चित्र सहित सम्मान गर्ने प्रचलन रहेकामा यसवर्ष सो परिवर्तन गरी प्रसंशापत्र प्रदान गरिएको छ । यस्तै क्रियाशील युवा पत्रकार पुरस्कार पनि एकजनालाई प्रदान गरिँदै आएकामा यसवर्ष दुईजनालाई प्रदान गर्ने निर्णय थियो तर दुलालले भने पुरस्कार त्यागेको जानकारी दिएका छन् ।
नगरले प्रदान गर्ने लोक कल्याणकारी बिज्ञापनको रकममा समेत नगरभित्र स्थाई ठेगाना नभएका मिडियालाई समेत प्रदान गर्ने तयारी भएपछि विवाद भएको छ । यस विषयमा सच्याएर त्यस्ता नगर बाहिरका मिडियालाई हटाएर अर्को निर्णय गर्ने सञ्चार प्रवद्र्धन आयोजक समितिका संयोजक जीवन खतिवडाले जानकारी दिएका छन् ।