एसईई परिक्षा खुशी कि पिडा ?

एसईई परिक्षा खुशी कि पिडा ?

विवेक शर्मा, रौतहट

नेपालको इतिहासमा एस एल सि वि.स. १९९० देखि शुरु भएको छ । जसको पुरा रुप स्कुल लिभिङ्ग सर्टिफिकेट हुन्छ । यो अवधारणा सहित २०७२ सम्म परिक्षा संचालन गरियो तर वि.स २०७३ साल देखि यसको नयाँ रुप एसईई भनि नामाकरण गरि ग्रेडिङ्ग सिस्टम लागु गरिएको हो । एसईईलाई “सेकेन्डरी एजुकेशन इगजामिनेशन” भनिन्छ ।

विद्यार्थीहरुले दिन र रात अहो मिहिनेत गरी कक्षा १ देखि कक्षा १० सम्म अर्थात १० वर्ष लगाएर यो एसइइ अर्थात आइरन गेट पास गर्ने धोको सबै विद्यार्थीमा हुने गर्दछ । सबैलाई थाहा हुन्छ कि जबसम्म यो आइरन गेट पास हुदैन तब सम्म आफुले सोचेको पढाई वा आफुले भविष्यमा बन्न खोजेको सपना पुरा हुन सक्दैन। त्यसैले होला विद्यार्थीहरु यो परिक्षा पास गर्न व्यकुल तथा अर्को रुपमा भन्नु पर्दा त्रसित पनि भएको देखिन्छ । यो परिक्षा पास नभइकन साधारण ११ र १२ को पनि पढाई गर्न सकिदैन भने अर्को प्राविधिक तथा उच्च शिक्षाको त कुरै गर्न मिल्दैन । लगभग सय जना विद्यार्थीहरुलाई प्रश्न सोध्दा पढ्ने सबै विद्यार्थीहरुको प्रतिक्रिया थियो जसरी भए पनि एसइइ परिक्षा पास गर्ने ।

विश्वव्यापी रुपमा चलेको महामारी कोरोना भाइरस कोभिड १९ को त्रास अहिले पुरै विश्वभरि नै फैलिएको छ । जसको कारण विश्वव्यापी रुपमा करिव ६ हजार भन्दा वढि मानिसहरुको मृत्यु भइसकेको रिपोर्ट आएको छ भने करिब २ लाख मानिसहरु यस भाइरसबाट संक्रमित रहेको पुष्टि भएको छ । यो भाइरस नेपालमा अहिले पुष्टि नभए पनि विदेशमा रोजगरीको शिलसिलामा गएको १२ जना नेपालीहरु संक्रमित भएको पुष्टि भएको छ।

यो भाइरसको त्रासले गर्दा पर्यटन वर्ष २०२० लाई स्थगित गरिएको छ । देशको विभिन्न कुनामा यसबाट एलर्ट रहन विभिन्न किसिमको सूचनाहरु संप्रेसित भइरहेको छ। सार्वजनिक तथा वढी भिडभाडमा नजान, नबस्न सार्वजनिक रुपमा सूचनाहरु संप्रेशन भइरहेको छ । देश भरिका विद्यालयहरुमा चैत्र ५ गते सम्म वार्षिक परीक्षा सकाएर विद्यालयलाई बन्द गरिने शिक्षा मन्त्रालयबाट निर्देशन भए अनुसार देश भरि नै छोटो समयमा परीक्षाको सूचना निकाली परीक्षा संचालन गरिरहेको छ र चैत्र ५ र ६ गते भित्रमा देश भरिका सरकारी तथा गैर सरकारी विद्यालयहरु बन्द गरिने छ । दिन प्रतिदिन बढदै गएको कोरोनाको त्रासले गर्दा आम मानिसहरुको साथै एसइइ दिन तयार रहेका विद्यार्थीहरु पनि अझै त्रसित बनेका छन् । जसले गर्दा यसपालिको एसइइ परिक्षा खुशीकी पिडा भन्न गाह्रो विषय बन्न पुगेको हो ।

यो एसइइ परीक्षा दिन देशका विभिन्न कुनाको विद्यार्थीहरु एक ठाउँमा एकत्रित हुन्छन् । एक तर्फ सरकारले भिडभाडमा नजान सुचानको सम्प्रेशन गरिरहेको छ भने अर्को तर्फ त्यही सरकारले परीक्षा दिन भिडभाडमा जान निर्देशन दिइरहेको छ । जसले गर्दा सि दिने विद्यार्थीहरुको मुटु कामीरहेको छ । एक त परीक्षाको टेन्सन त हुन्छ नै तर अब अर्को समस्या कही परीक्षा दिने बेलामा अरुबाट मलाई पनि यो जान लेवा भाइरस कोरोना संक्रमन गरीहालोस । यो दुई वटा समस्याले विद्यार्थीहरु अझै त्रसित बन्न पुगेका छन् ।

परीक्षा संचालन गर्दा पनि देशका प्रत्येक परीक्षा केन्द्रमा कोरोना जाँच गर्ने मेसिनको व्यवस्था गर्नु पर्ने देखिन्छ । विना चेक जाचको परीक्षा हल भित्र पस्न नपाउने व्यवस्था मिलाउन आवश्यक देखिन्छ । यो विषयमा सरकारको ध्यान एकदमै केन्द्रित हुनुपर्ने हो । यसको साथै विद्यार्थीहरुले पनि आफ्नो सुरक्षा आफै अपनाएर मात्र परीक्षा केन्द्रमा जान म व्यक्तिगत तर्फबाट अनुरोध गर्दै यसपालिको एसइइ परीक्षामा भाग लिने सम्पुर्ण विद्यार्थीहरुलाई अग्रिम शुभकामना ।

सम्बन्धित खवर