पथरीशनिश्चरेको खेलकुद

पथरीशनिश्चरेको खेलकुद

अर्जुन काफ्ले, पथरी

मोरङको पथरीशनिश्चरे नगरको खेलकुदको इतिहास पुरानो रहेको छ । २०३६ साल पछि पथरी बजार र त्यस आसपासको बस्ती बिस्तार भए पनि हसन्दह क्षेत्रमा भने त्यस अघि नै बसोबास रहेको इतिहास रहेको छ । पथरीशनिश्चरे नगरबाट फुटबल, भलिबल र क्रिकेटमा मात्र नभएर कराँते र चेस जस्ता खेलमा पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगीतामा खेल कौशल प्रर्दशन गरिसकेका छन् ।

फुटबलबाट अन्तारष्ट्रिय प्रतियोगीतामा सहभागी भएका दिपक राई, सरु लिम्बु, दिपा न्यौपाने, उमेर समुहमा अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी भएका असिम राई, मनोज दाहाल देखी यु १४ महिला फुटबलमा साफ खेलकुदमा आशिका कार्कीले पथरीकै नाम रोशन गरेका छन् । हाल पथरीशनिश्चरे नगर खेलकुद समितीका संयोजक दिपक राई रहेका छन् । सरु हाल राष्ट्रिय महिला टोलीकी भरपर्दी मिडफिल्डर हुन् । ७ महिना घाइते अवस्थामा रहेकी सरुले केहि दिन पछि हुने खेलमा नेपालबाट सहभागी हुनेछिन् । आसिकाले केहि महिना अघि सम्पन्न साफ यु १४ फुटबल प्रतियोगीतामा सहभागीता जनाइन् । दिपा अहिले नेपाल प्रहरी महिला फुटबल टिममा रहेकी छन भने नेपाली राष्ट्रिय टिमकी सदस्य हुन् ।

नेपाली राष्ट्रिय ए डिभिजन क्लबमा समेत पथरीशनिश्चरे नगर भित्रका फुटबल खेलाडीको उत्कृष्ट प्रदर्शन हेर्न पाइएका छन् । गत वर्ष सम्पन्न दोश्रो नेपाल सुपर लिगमा पथरीशनिश्चरेका साइमन लिम्बु धनगढी फुटबल क्लबमा १ लाख ५० हजार रुपयाँमा अनुबन्धन भए उनी पथरीशनिश्चरे कै पहिलो एन एस एल लिग खेल्ने खेलाडी बने । उनी ए डिभिजन लिगमा समेत लिग च्याम्पीयन चर्च ब्याइज युनाइटेडका नियमित खेलाडी थिए । उनीसँगै सन्तोष न्यौपाने समेत चर्च ब्याइजले लिग च्याम्पियन बन्दाका क्लबका सदस्य हुन् । सन्तोष पथरीशनिश्चरे २ का बासिन्दा हुन् । त्यसो त चर्चित क्लब थ्रि स्टारबाट मिन धिमालले दुई सिजन लिगमा सहभागीता जनाइसके ।

पछिल्लो महिना सम्पन्न सि डिभिजन लिगको च्याम्पिएन बनेको बागमती फुटबल क्लब र उपबिजेता बनेको आर सि ३२ फुटबल क्लबमा समेत २ खेलाडी पथरीशनिश्चरे नगरकै थिए । सनम धिमाल बागमतीबाट खेल्दा धिरेन बिष्ट आरसिका नियमित खेलाडी थिए । त्यसो त निरज परियार र समिर क्षेत्रीले सि डिभिजन लिगमा सहभागीता जनाएका थिए । पछिल्लो समय पूर्वमा हुने गोल्डकपमा सौर्य राउत, मञ्जील खड्का, सुबास तामाङ्ग, युकेश तामाङ्ग, लगायतका खेलाडीले मैदानमा आफ्नो खेलको जादु प्रदर्शन गर्दै आएका छन् । नगरमा पथरीशनिश्चरे ११ फुटबल क्लब, सिरीजंघा फुटबल क्लब, नाजरिन फुटबल क्लब, यलम्बर जोरधारा फुटबल क्लबले पूर्वका बिभिन्न स्थानमा आयोजना हुने फुटबल प्रतियोगीतामा सहभागीता जनाउदै आएका छन् । महिला फुटबलको क्लब समेत नगरमा सक्रिय छ ।

महिला रेफ्रिका रुपमा रहेर जमुना आले मगरको सक्रियता अहिले मैदानमा देख्न सकिन्छ । सानै उमेर देखि फुटबल खेलेकी जमुनाले कोरना कालमा रेफ्रिको टे«निङ्ग लिएकी जमुना केहि महिना अघि सम्पन्न महिला राष्ट्रिय फुटबल प्रतियोगीतामा रेफ्रिको भुमिकामा मैदानमा देखिइन् । पूर्वमा आयोजना हुने अधिकांश फुटबल प्रतियोगीतामा रेफ्रिको भूमिकामा देखीने जमुना पथरीशनिश्चरे ४ निवासी हुन् ।

२ सिजन पथरीशनिश्चरे गोल्डकप सम्मन्न भएको नगरमा यसै वर्ष तेश्रो पथरीशनिश्चरे गोल्डकपको तयारीमा स्थानिय फुटबल खेलाडी र शुभेक्छुकहरु जुटिरहेका छन् । पथरी शनिश्चरे नगरमा प्रस्तावित रंगशालामा दुई गोल्डकप सम्पन्न भइसकेको छ भने तेश्रो गोल्डकप पनि असोजबाट गर्न लागिएको पथरी फुटबल क्लबका सचिव सुमन बि.क बताउछन् । त्यसो त पथरीशनिश्चरे नगरमा सिरीजंघा च्यालेन्ज कप लगायतका फुटबल प्रतियोगीता पनि हुदै आएका छन् ।

फुटबलको २ लिग समेत सम्पन्न भइसकोको अवस्थामा यसै वर्षबाट नगरपालिकाबाट नयाँ फुटबल खेलाडी उत्पादन गर्न नगर स्तरिय लिग गर्न लागेको नगर खेलकुद विकास समितीका संयोजक दिपक राई बताउछन् । नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को निती तथा कार्यक्रममै फुटबल र क्रिकेटको लिग गराउने तय गरिएसँगै खेलकुद क्षेत्रमा केहि नयाँ हुन लागेको बिरोज मगर बताउछन् ।

गत वर्ष नगर खेलकुद समितीले खेलकुद महोत्सव गरेर पथरीशनिश्चरे नगरको खेलकुद क्षेत्रमा उभार ल्याएको थियो । फुटबल, क्रिकेट, मिनी म्याराथुन, कराते, भलिबल, तेक्बान्दो र बुद्धिचाल प्रतियोगीता सम्पन्न गरेको थियो । सो प्रतियोगीताले फुटबलमा क्लब स्तरिय र अन्य प्रतियोगीता वडा स्तरीय भएका थिए ।

वडा नम्वर २ ले नगरभरिमा वडाबाट प्रत्येक वर्ष बिभिन्न खेलकुदका प्रतियोगीता सम्पन्न गरिरहेको छ । वडा अध्यक्ष नैना राईका अनुसार वडाका खेलाडीको क्षमता बृद्धिका लागि यस्ता प्रतियोगीता आयोजना गर्ने गरिएको हो । यस वर्ष वडाले वडा स्तरिय भेट्रान फुटबल प्रतियोगीता आयोजना गरेको थियो । १० वटा वडा सहभागी रहेको सो प्रतियोगीतामा ३५ वर्ष उमेर समुहका खेलाडीले फुटबल खेलेका थिए । यो प्रतियोगीतालाई निरन्तरता दिने अध्यक्ष राई बताउछन् ।

यस वर्ष नगरले २५ लाख रुपैँया युवा तथा खेलकुदका क्षेत्रमा बजेट छुट्याएको छ भने वडागत रुपमा वडाहरुले पनि सिलिङ बजेटमा आफ्नो वडामा बजेट छुट्याएका छन् । वडा नम्बर १, २, ३ ले ३ लाख, ४ ले १ लाख ५० हजार ६ ले १ लाख, ७ ले ४ लाख, ८ ले ५० हजार, ९ ले १ लाख, १० ले ७५ हजार रुपैँया खेलकुद शीर्षकमा यस वर्ष खर्च गर्ने गरि बिनियोजन गरेसंगै यो क्षेत्रमा खेलकुदको बिकासका लागि थप टेवा पुग्ने छ । यस वर्ष नगरले कम्तीमा एउटा वडामा एक ब्यामशाला निर्माण गर्ने र नगरका खेलमैदान स्तर उन्नतीका लागि निती मै तय गरिएको छ । हाल पथरीको जाते मोडको रंगशाला र पथरी शरणार्थी शिविरको फुटबल मैदानमा हाल फुटबल प्रतियोगीता सञ्चालन हुदै आएको छ ।

त्यसो त पथरीशनिश्चरे नगरभित्र क्रिकेट खेलको क्रेज समेत उल्लेख्य रहेको छ । गत वर्ष सम्पन्न पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटमा नगर बाहिरका खेलाडीलाई समेत सहभागी गराएपछि यसको क्रेज बढेको छ । सात क्लब सहभागी भएको लिगमा सहभागी भएका पथरीशनिश्चरेका दिपेश भण्डारीले सोहि वर्ष जिल्ला क्रिकेट टिम मोरङबाट सहभागीता जनाउन सफल भए । त्यसो त यु १७ टिममा अभिषेक बि.क र सुधिर बस्नेत समेत मोरङ जिल्ला टिमबाट छनौट खेल खेल्न पुगे । सागर कटुवाल, आर्दश कार्कीले जिल्ला क्रिकेट प्रतियोगीतामा सहभागीता जनाइसकेका छन् भने आश्विन महतले प्रदेश क्रिकेट टिमबाट सहभागीता जनाइसकेका छन् । पथरीशनिश्चरे क्रिकेट क्लबले जिल्ला बि डिभिजन क्रिकेट प्रतियोगीतामा सहभागी हुदै आएको छ । क्रिकेटको लागि खेल मैदानको अभाब भने रहेको छ । फुटबल ग्राउण्डमै क्रिकेट प्रतियोगीता गर्नु पर्ने बाध्यता रहेको छ । क्रिकेट खेलाडी उत्पादन गर्न स्थानिय किर्तीपुर एकेडेमीले खेलाडी उत्पादन गर्न प्रशिक्षण सुरु गरेको प्रशिक्षक राकेश राई बताउछन् । राकेशले क्रिकेटको प्रशिक्षक प्रशिक्षण लिएका छन् ।

पथरीशनिश्चरे नगरबाट भलिबल खेलमा उज्जल न्यौपाने राष्ट्रिय प्रतियोगीतामा सहभागी भएका खेलाडी हुन । उनी हालै कोशी प्रदेश भलिबल टिमबाट राष्ट्रिय भलिबल प्रतियोगीताका लागि टिममा परेका हुन् । पथरीशनिश्चरे १ निवासी न्यौपाने पछिल्लो पुस्तामा भलिबल खेलबाट नगरको नाम राख्न सफल भएका छन् ।

पथरीशनिश्चरे नगरमा वर्षेनी हुने बुद्धिचाल प्रतियोगीता समेत हुदै आएको छ । राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी समेत सहभागी हुने सो प्रतियोगीता पथरीशनिश्चरे नगरको खेलकुदको गौरबका रुपमा हेरीने गरेको छ ।

पथरीशनिश्चरे नगरभित्र हुने खेलकुद प्रतियोगीताले स्थानिय खेलाडी उत्पादनसंगै पुराना पुस्ताका खेलाडीलाई समेत हौसला हुने गरेको छ । जसलाई नगरले वार्षिक रुपमा खेलकुदमा लगानी गरेसंगै खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने निश्चित छ ।

सम्बन्धित खवर