युएईमा १८ नेपाली कामदार बोकेको बस दुर्घटना, पाँच जनाको मृत्यु

युएईमा १८ नेपाली कामदार बोकेको बस दुर्घटना, पाँच जनाको मृत्यु

युएईको आबुधाबीमा नेपाली कामदार चढेको बस दुर्घटना भएको छ । दुर्घटनामा ५ जनाको मृ्त्यु भएको छ भने मृतकको पहिचान हुन सकेको छैन्। बसमा २४ कामदार रहेका थिए जसमा १४ नेपाली कामदार रहेका थिए । अन्य ६ जना श्रीलंका र अफ्रिकी मुुलुकका महिला कामदार रहेको बताइएको छ । सवार सबै सरसफाइ सम्बन्धी काम एमबीएम कम्पनीका कामदार हुन् । घाइतेमध्ये ५ जना नेपालीको आबुधाबी खलिफा सिटीमा रहेको एनएमसी अस्पतालमा उपचार भइरहेको युएइस्थित नेपाली दुतावासले जनाएको छ ।

घाइतेहरुको आबुधाबीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घट्नामा परेका नेपाली कामदारको अवस्था बुझ्न दूतावासबाट राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रीता धिताल श्रमकाउन्सुलर भेषबहादुर कार्की र जनसम्पर्क अधिकारी (पीआरओ) उनीहरु उपचाररत अस्पताल पुगेका छन् ।

सम्बन्धित खवर