मेगा बैंकद्वारा बालबालिकालाई न्यानो कपडा वितरण

मेगा बैंकद्वारा  बालबालिकालाई न्यानो कपडा वितरण

उदयपुर । मेगा बैंक नेपाल लिमिटेडले उदयपुरमा बालबालिकालाई न्यानो कपडा  वितरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेगा बैंकले नेपाल सामाजिक विकास तथा जन सशक्तीकरण केन्द्रमार्फत उदयपुरको बेलका नगरपालिकाका विभिन्न विद्यालयहरुमा न्यानो कपडा वितरण गरेको हो ।

बेलकाको सरस्वती आधारभूत विद्यालय एबिसी कोशीटप्पु र बेलका नगरपालिकाकै भालमनटीस्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पूर्वमन्त्री एवं संघीय सांसद डा. नारायण खड्का र मेगा बैंक प्रदेश १ का प्रमुख विवेकबन्धु न्यौपानेले न्यानो कपडा वितरण गरेका हुन् ।

चिसोका कारण विद्यार्थी विद्यालय जान नसक्ने अवस्थाको अन्त्य होस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको मेगा बैंकले बताएको छ । गत साता मात्रै मेगा बैंकले लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका १५० भन्दा बढी घरधुरीका लगभग २०० बालबालिकालाई ब्याल्याङ्केट वितरण गरेको थियो ।

मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमार्फत विभिन्न सहकार्य एवं सहायताका साथै असहाय तथा विपन्न वर्गका बालिकाको शिक्षाका लागि पनि सहयोग गर्दै आएको छ ।

सम्बन्धित खवर