योजनाहरु स्टीमेट अनुसार गर्न उपमेयरको कडा निर्देशन

योजनाहरु स्टीमेट अनुसार गर्न उपमेयरको कडा निर्देशन

पथरी, मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका विकास निर्माणका योजनाहरु स्टीमेट अनुसार नै काम गर्न उपमेयरले कडा निर्देशन दिएकी छन् । योजना अनुगमन समिति संयोजक समेत रहेकी यमुना विष्ट बास्तोलाले योजना चुस्त रुपमा सञ्चालन गर्न कडाईका साथ निर्देशन दिँदै अनुगमन् गरिरहेको पाइएको हो । समितिले पछिल्लो समयमा ३ वटा योजनाको अनुगमन गरेको छ ।

वडा नम्वर ३ मा आइतवारे दक्षिणमा कालोपत्रे भइरहेको सडकको संगमचोक क्षेत्रको केही भागमा केही पातलो कालोपत्रे गरिएको पाइएकाले त्यसलाई थप गर्ने निर्देशन सहित टोलीले सडक अनुगमन् गरेको हो । वास्तोलाको अगुवाईमा प्राविधिक सहितको टोलीले ५ नम्वरको मौलीबारीमा भएको सडक ग्राभेलको पनि अनुगमन गरेको छ ।

५ नम्वरको कोठेबारी मैनखाडी पुल निर्माण कार्य जारी रहेको अवस्थाको पनि अनुगमन गरेको समिति संयोजक वास्तोलाले जानकारी दिइन् । त्यसमा पनि भएका केही कमि कमजोरीलाई सुधार्नुपर्ने सुझाव बास्तोलाको छ ।

सम्बन्धित खवर