जन्मदिनमा भावुक बने प्रबेश बिष्ट

जन्मदिनमा भावुक बने प्रबेश बिष्ट

प्रबेश विष्ट
रतुवामाई, मोरङ

जन्मदिन आयो धेरैधेरै रमाउन मन लाग्छ
बितेका समयको यादमा हराउन मन लाग्छ

खुल्ला मैदान भयो जिन्दगी तर पहाडकै
पाखा पखेरामा यो मन चराउन मन लाग्छ

सम्झदा मेरो लागि बाबाले गरेको दुःख
बाबाको निर्देशनमा डराउन मन लाग्छ

जिम्मेवारी छ काधमा देश निर्माणको
गर्वले देशको झण्डा फर्फराउन मन लाग्छ

वर्षै पिछे घट्टदैछ मेरो उमेर किन रमाउनु
घरीघरी आफै भित्र रून कराउन मन लाग्छ ।

सम्बन्धित खवर