प्रहरीद्वारा दुई गोदाममा छापा, १३ लाख ३६ हजार ५५८ रुपैयाँको मालसामान बरामद

प्रहरीद्वारा दुई गोदाममा छापा, १३ लाख ३६ हजार ५५८ रुपैयाँको मालसामान बरामद

राजेन्द्र महतो, लहान

सिरहाको सीमानानाका भगवानपुर गाउँपालिका ४ स्थित दुई गोदाममा सिरहा प्रहरीले छापामारी गरेको छ।

भारतबाट राजस्व छली अबैध रूपमा जम्मा गरि राखेको दुई गोदामबाट करीब १३ लाख ३६ हजार ५५८ रुपैयाँको मालसामान प्रहरीले बरामद गरेको छ। विषेश सूचनाको आधारमा प्रहरीले दुई गोदाममा छापामारी गर्दा १३ लाख ३६ हजार ५५८ रुपैयाँ बराबरको लता कपडा, जुता, किराना सामान र भाडा वर्तन लगायतका मालसामान बरामद गरेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी भेषराज रिजालले बताएका छन्।

बरामद गरिएको माल सामान आबशयक कार्वाहीको लागि ठाडी भन्सार कार्यालयमा बुझाइएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ । तस्करले अबैध रूपमा राजस्व छली भारतबाट सामान ल्याएर सीमा क्षेत्रमा भण्डारण गर्ने र पछि भन्सार छली नेपाली बजारमा पुर्‍याउने गरेको बताइन्छ। सीमा क्षेत्रमा पुगेर प्रहरीले तस्करको गोदाममा छापामारी गरेको यो पहिलो घटना हो।


सम्बन्धित खवर