उदयपुरका कृषक पनि व्यावसायिक रुद्राक्ष खेतीमा

उदयपुरका कृषक पनि व्यावसायिक रुद्राक्ष खेतीमा

भदौ २९, २०७६
चुरे क्षेत्रमा पर्ने उदयपुरगढी ७ नाङग्राङेका स्थानीय किसान अम्वर केप्छाकी मगरले एउटै रुद्राक्षको गेडाबाट १२ हजार आम्दामी गरेको बताए।
कसैले चोरेर लान्छ भनेर हेरालु समेत राख्न थालेका छन्। चुरे वन क्षेत्रमा पर्ने उदयपुरको उदयपुरगढी गाउँपालिका ७ मा नाङग्राङे, लगायतका वस्तीमा रुद्राक्ष आम्दानीको स्रोत बन्न थालेको छ।
स्थानीय किासनले खेती गर्न थालेपछि रुद्राक्षबाट घर खर्च चलाउन सजिलो भएको स्थानीयहरू बताउँछन। बैशाख जेठमा फल्न सुरु गर्ने र साउन भदौमा बिक्रीको लागि तयारी हुने रुद्राक्षको फललाई चराचुरुङ्गी, चोरी हुनबाट जोगाउन हेरालु राख्ने पर्ने किसान बताउँछन्।
नेपाली बजारमा एकाइस मुखे रुद्राक्षको मूल्य ८० लाखसम्म पर्ने गरेकोछ। हालसम्म उदयपुरमा उन्नाइसमुखे रुद्राक्षसम्म फलेको छ। त्यही उन्नाइसमुखे ८० हजारमा बिक्री भएको व्यापारी दहलमान तामाङले बताए।
भोजपुर, संखुवासभा लगायतका जिल्लामा रुद्राक्ष खेतीबाट मनग्य आम्दामी हुने गरेको सुनेका स्थानीय किसानले आफूले विरुवा ल्याएर खेती सुरु गरेका हुन्। उदयपुरगढी गाउँपालिकाको अधिकांस भूगोलमा रुद्राक्ष खेती गर्न सुरु भएको उदयपुरगढी गाउँपालिका ४ का स्थानीय बिष्णु पराजुली बताउँछन्।
बहुमूल्य बाहेका रुद्राक्ष भने माला बनाएर पनि बेचविखन हुन्छ। प्रति माला एक सयका दरले बेचबिखन हुने गरेको पाइन्छ। रुद्राक्षको माला लगाएमा बौद्ध र हिन्दु परम्परा अनुसार सुख शान्ति प्राप्त हुने जनविश्ववास छ।
काठमाडौंदेखि रुद्राक्ष खोज्दै घरमै व्यापारी आउन थालेको किसानको भनाइ छ। रुद्राक्षले आम्दानी दिन थाले पछि गाउँघरका छरछिमेकी सबैले घरका आसपासमा रोपेका छन्।
उदयपुरमा धेरै जस्तो कार्यक्रम खादाको साटो रुद्राक्षको माला लगाएर कार्यक्रम गर्न थालिएको छ।
वातावरणमैत्री र व्यावसायिक प्रबर्द्धन हुने भएकोले यसको प्रयोग गर्न उत्तम भएको नेपाल नेत्रज्योति संघ उदयपुरका अध्यक्ष भागवत राउतको भनाइ छ।

सम्बन्धित खवर