पथरी (२२ असार)/ पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख एवम् अनुगमन समिति संयोजक देवीमाया काफ्लेको संयोजकत्वमा नगरमा हालै सम्पन्न भएका विभिन्न योजनाहरुको अनुगमन गरिएको छ ।पथरीशनिश्चरे नगरद्वारा विभिन्न योजनाहरुको अनुगमन
आज प्राविधिकसहित विभिन्न वडामा पुगेर उपप्रमुखले सडक, सामुदायिक विद्यालय, पुल, सामुदायिक भवन तथा गुम्बाको अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा उपप्रमुख काफ्लेले ठेक्का सम्झौताअनुसार काम भए/नभएकोबारे जानकारी लिनुभएको छ । सो अनुगमनमा वडा नं. ९ का वडाध्यक्ष तथा अनुगमन समितिका सदस्य वीरबहादुर राई, कार्यपालिका सदस्य तथा अनुगमन समितिका सदस्य अञ्जना शिवा, योजना शाखा प्रमुख एवम् सूचना अधिकारी शिवकुमार राई, आर्थिक प्रशासन शाखा प्रमुख ताराप्रसाद ढकाल र इन्जिनियर सन्तोष केसीलगायतको उपस्थिति रहेको थियो ।