भुस्याहा कुकुरले निम्त्याएका समस्या र समाधान

भुस्याहा कुकुरले निम्त्याएका समस्या र समाधान

अर्जुन काफ्ले, वजार र चोकमा कुकुरको व्यावस्थापन नहुदा समस्या थपिएको छ । चौक र वजारमा कुकुरको संख्या २ प्रकारका समस्या थपिने गरेका छन् । पहिलो कुकुर वाट सर्ने रोगको प्रकोप र अर्का सडक दुर्घटनाको त्रास । समस्या हुदा हुदै पनि यसको समाधानका लागी कतै वाट पहल भएको देखीदैन । यो समस्या पथरीको मात्र समस्या हैन । लाग्छ सवै ठाउको साझा समस्या हो । यसको नियन्त्रणका लागी के गर्न सकिएला त रु नियन्त्रणका लागी पहल कस्ले थाल्ने त रु पक्कै प्रश्न उव्जीन सक्ला यसका लागी नगरपालीका वा स्थानिय सरकार नै अग्रसर हुनु जरुरी देखीन्छ । साउन देखी मंसीर सम्म कुकुरको जमघट चोक वजारमा देख्न सकिन्छ । यसले टोकेमा रेविज जस्तो रोग लाग्छ । एउटा तथ्याङले के भन्छ भने प्रत्येक वर्ष नेपालमा १ सयको हाराहारीमा नेपालीको मृत्यु रेविजका कारण हुन्छ भने हजारौको संख्यामा पशुवस्ती संक्रमीत हुदै आएका छन् । यसले पनि रेविज प्राणघातक रोग हो ।

त्यो वाहेक कुकुरकै कारण धेरै सडक दुर्घटना भएका छन् । विषेशत मोटरसाइकल चालकका लागी कुकुर टाउको दुखाइको विषय वन्ने गरेको छ । व्यावस्थापन नभएका कुकुर वाट भएको दुर्घटनाको जोखीम कसैले वोक्न तयार हुदैन । रोग संक्रमण को डर पनि वडेछ । जस्तो कुकुरका कारण फित्ते जुका को संक्रमण वढछ । त्यो वाहेक कुकुरमा लुतो लगायतका रोग लागेमा अरुमा फैलिन सक्छ ।

यी त भए खुल्ला रुपमा छोडीएका कुकुरवाट उत्पन्न समस्या हरु तर यी समस्याको समाधान पनि नभएका होइनन् । यी समस्याको समाधानका लागी हामीले,हाम्रो स्थानिय निकायले कार्य गर्न सक्छ ।

के गर्ने त अव्यावस्थीत कुकुरको व्यावस्थापन गर्न रु पहिलो काम सवै व्यावस्थापन नभएका वा कुकुर धनी नभएका कुकुरको वन्धाकरण गर्ने, जसले गर्दा सन्तान उत्पादन गर्ने काम वन्द हुन्छ । दोश्रो सवै कुकुरमा रेविज विरुद्धको खोप दिने र ति कुकुरमा जुका विरुद्धको औषधी खुवाउने । कुकुर नियन्त्रण गर्न केहिले विष खुवाएर कुकुर मार्ने काम गर्ने गरेका छन् । यो राम्रो काम हैन । कुकुर मारेर सकिदैन । वरु त्यो ठाउमा नयाँ स्थान वाट अरु कुकुर आउछन । ति कुकुर झन आक्रमक हुन सक्छन । मारेका कुकुर व्यावस्थापन गर्न झन समस्या हुन्छ । गाडेका कुकुर उचित तवरमा गहिरो गरि गाडन सकिएन अन्य जनवारले त्यो कुकुरको मृत शरिर वाहिर ल्याए भने रोग फैलने सम्भावना हुन्छ । त्यसकारण पनि कुकुरको नियन्त्रण मारेर हुन सक्दैन ।

कुकुर दर्ता कार्यक्रम पनि प्रभावकारी रुपमा नगरपालिकाले ल्याउनु जरुरी छ । केहि केहिले कुकुर पाल्ने तर त्यसलाइ समयमा खोप नदिने गर्नाले पनि कहिलेकाही समस्या देखीन्छ । त्यसकारण कुकुर दर्ता गरेर त्यसको वारेमा सवै कुरा राख्न सके थप राम्रो हुन्छ ।

नगर राम्रो वनाउने दायीत्व हाम्रो पनि हो । त्यसकारण कुकुर शोभाका लागी पालिने भए पनि कहिले काहि त्यहि कुकुर अशोभनिय वन्दै गएको छन् । यसको नियन्त्रणका लागी हामीले गर्न सक्ने काम पनि गर्नु पर्छ । म एक भेटरिनरी प्राविधीक भएको नाताले पनि भन्न सक्छु सडकमा भएका कुकुर नियन्त्रणका लागी पहल थाल्नु जरुरी छ ।

सम्बन्धित खवर