रङ्गेलीका किसान चिसाङ खोलाको कटानबाट पीडित

रङ्गेलीका किसान चिसाङ खोलाको कटानबाट पीडित

श्रावण २०, २०७६
मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ४, ९ र ८ का चोप्राहा, निशानथान, झर्ना घुटु, बाबुसाहेब टोल, दौलतपुरलगायतका स्थानमा चिसाङ खोलाले खेतीयोग्य जमिन कटान गरेको छ । जसका कारण स्थानीय किसान चिन्तित बनेका छन् ।
बालीसहितको खेत खोलामै बग्दा पनि यसको नियन्त्रण गर्न स्थानीय सरकारले चासो नदिएको स्थानीय बताउँछन् । जनप्रतिनिधि, प्रदेश सरकार र सङ्घीय सरकारले समेत खोला नियन्त्रणमा चासो नदिँदा स्थानीय थप चिन्तित बनेका छन् रङ्गेली ४ चोप्राहामा चिसाङ खोला, चेकाहा खोला र बक्राहा खोला मिसिने हुँदा त्यहाँ झन् धेरै कटान हुने गरेको किसान सूर्यबहादुर कार्कीले बताए ।
कार्कीको डेढ बिघा, सत्यदेव मण्डलको २ बिघा तथा उपेन्द्र मण्डलको डेढ बिघा खेत खोलाले कटान गरेको उनीहरूले बताए ।
प्रदेश र्पोटलबाट

सम्बन्धित खवर