युवालाई स्वरोजगार वनाउने नगरको निती ः युवा भन्छन थप हौसला मिल्यो

युवालाई स्वरोजगार वनाउने नगरको निती ः युवा भन्छन थप हौसला मिल्यो

अर्जुन काफ्ले
पथरीशनिश्चरे, मोरङ

युवालाई स्वरोजगार वनाउने नगरको निती ः युवा भन्छन थप हौसला मिल्यो

वैदेशिक रोजगारी निरुत्साहित गरि नगरमा रोजगारीको सृजना गर्न आवस्यक कदम चालीने छ ।माथीका वाकंश पथरीशनिश्चरे नगरपालिकाले हालैको नगरसभाले पारीत गरेको निती तथा कार्यक्रमको श्रम तथा रोजगार शिर्षकको हो । नगरपालिकाले निती तथा कार्यक्रममा भनिएझै पथरीशनिश्चरे नगरभित्रका केहि युवाहरु वैदेशिक रोजगारी छोडेर देशमै रोजगारी सृजना गर्न लागेका छन् । निती तथा कार्यक्रममा ट्रेड युनियनमा आवद्ध मजदुरहरुलाई सामाजीक सुरक्षण गर्ने निती लिएपछि उनीहरुमा थप खुसी थपिएको छ ।
पथरीशनिश्चरे ३का विष्णु पौडेल दुइ पटक साउदी पुगे । दुईपटकको कमाइले परिवारमा खुसी ल्याउन सकेन । मुस्किलले उनले साहुको ऋणसम्म तिर्न भ्याए । परिवारै माया मारेर सात समुद्र पारि जाँदा पनि राम्रो कमाई नभएपछि उनले देशमै बसेर पैसा कमाउने विकल्प खोजे । पौडेलले विदेश वाट फर्के पछि रेष्टुरेन्ट व्यावसाय गर्ने सोच पनि वनाए तर त्यो सोचलाई पूरा गर्ने माध्यम भनेकै पैसा हो । रेष्टुरेन्ट व्यावसायमा लगानी गर्नुपर्ने भएकाले उनले अन्तिम विकल्प रोजे, अटो रिक्सा चलाउने । उनी अहिले पथरीका मुख्य सडक देखी ग्रामीण सडकमा मा यात्रु बोकेर ओहोरदोहोर गरिरहन्छन । ५लाख रुपैयाँमा खरिद गरेको अटो रिक्साले राम्रै आम्दानी गरिरहेको उनी बताउँछन् । ‘विदेशमा व्यर्थैमा ६ वर्ष बिताइएछ,’उनले भने, ‘विदेशमा जस्तो पसिना बगाउने हो भने यहीं सुन फल्छ ।’ उनले विदेशमा १२ घन्टा काम गर्दा पनि राम्रो कमाउन नसकेको दुखेसो पोखे । जस्तै हिजोआज पथरी सहित पूर्वका सहरमा विदेशबाट फर्केका थुप्रै युवाहरू विद्युतीय रिक्सा सफारी तथा अटो सिक्सा कुदाइरहेको देख्न सकिन्छ । ‘सिटी सफारी’ तथा अटोे रिक्सामा चालकसहित ६ जना अटिन्छ । पथरीमा मात्रै टिभिएस र वजार रेले अटो वेच्न अधिकारीक सो रुम नै खोलेका छन् ।
पथरी शनिश्चरेकै लाख बहादुर मोक्तानले मलेसियामा ६ वर्ष रोजगारी गरे । रोजगारी गरेर फर्किएपछि उनले तीनपाग्रे अटो किनेका छन् । पछिल्लो डेढ बर्षदेखि पथरीवजार आसपासमा अटो रिक्सा गुडाइरहेका मोक्तानले यात्रुलाई गन्तव्यमा मात्र पु¥याएका छैनन् आटो कै कमाइले उनले घर परिवार चलाइरहेका छन् । मलेसियाको पेनाङ्ग, कोतादमनसरा लगायतका ठाउँमा काम गर्दा भन्दा आफ्नै परिवारसँग वसेर अटो कुदाउँदा बढी सन्तुष्टि भएको उनी बताउँछन् । मोक्तानले मलेसियामा कमाएको केहि रकम जम्मा पारेर किनेको अटोबाट दैनिक ३ हजारसम्म कमाइ हुने गरेको उनी वताउछन् । कमाईको अनुपात सधैं एउटै हुन्न, चाडपर्वमा खटाई पनि बढ्छ र कमाइ पनि ।लाखमानका अनुसार अव नगरपालिकाले सामाजीक सुरक्षणका लागी निती नै वनेपछि थप खुसी थपिएको वताउछन् ।

पथरीशनिश्चरे ३ कै माधव गौतमको कथा अरु नेपालीको जस्तै छ । वैदेशीक रोजगारी का क्रममा मलेसिया देखी साउदी अरेविया सम्म उनी पुगे । मलेसियामा पाएको हन्डर र साउदीको गर्मी खेपेका उनले त्यहा वाट कमाएको केहि रकम वचत गरेर अटो किने र नेपालमै स्वरोजगार वने । गौतमकै भनाइमा विदेशको जति मेहनत गर्ने हो भने पनि नेपालमा राम्रो कमाइ गर्न सकिन्छ । गौतम भन्छन् ‘विदेशमा भन्दा वडि कमाइ स्वदेशमै गर्न सकिने रहेछ’उनले भने ‘मेहनत त सवै ठाउमा गर्नु पर्छ नी । “विदेशमा गएर भारि बोक्न हुन्छ भने नेपालमा आफ्नो किसिमबाट गरिखान किन हुँदैन,” गौतम प्रतिप्रश्न गर्छन् “अब युवाका सोचमा परिवर्तन आउनुपर्छ ।”

पथरी शनिश्चरेका पवन अधिकारी ५ महिना अगाडी बैदेशिक रोजगारमा जान भनेर दुईपटक काठमाडौंका म्यानपावर कम्पनी धाए । यूएईको भिषा पाए विदेश पुगेर राम्रो कमाइ हुने आश वोकेका उनी युएई जान मोटो रकम म्यानपावर कम्पनीले मागेपछि घर फर्किए । बरु विदेश जाँदा लाग्ने पैसाले त यहिं केहि गर्छु भन्ने लाग्यो र सिटी सफारी किनें अधिकारी भन्छन् अहिले यसको कमाई पनि राम्रो छ । उनको सिटी सफारी पथरी वरापरका यात्रु बोकेर दौडिन थाल्यो, अधिकारीको बैदेशिक रोजगार प्रतिको मोह घट्दै गयो । ‘दैनिक ८ सय देखि २ हजारसम्म आम्दानी आफ्नै घरमा वसेर गर्न सकिने रहेछ, किन वेकारमा विदेश जानु’ उनी भन्छन् ‘स्वरोजगार वन्न स्वदेशमै सकिने रहेछ ।’ घर परिवार संगै बसेर विदेशमा कमाइने वरावरको आम्दानी हुने उनको भनाइ छ । परिवारका लागी अहिले पवनको सफारी वाट कमाइ भएको रकम नै घर परिवार धान्ने माध्यम भएको छ । उनले नगरपालिकामा सफारी दर्ता गरेका छन । नगरपालिकामा सफारी दर्ता गरेपछि थप सजिलो पनि भएको छ । सफारी कुदाउदै आएका पवन भन्छन् सधै सहज चै छैन् । सफारीको लागी सवारी चालक अनुमती पत्र नहुने समस्याले उनीमात्रै होइन नगरमा सफारी कुदाउने धेरै चालकलाई समस्या पनि भएको छ । ‘सवै सडक सहज नहुदा समस्या पनि पर्छ । नगरका धेरै सडक कालोपत्रे छैनन् तर विस्तारै सडक कालोपत्रे हुदैछन यसलाई सुखद रुपमा हेर्नु पर्छ ’अधिकारी भन्छन् । सिटी सफारीबाट राम्रै आम्दानी हुन थालेपछि वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान लागेका युवाहरूसमेत अहिले विद्युतीय रिक्सा सञ्चालन गरिरहेका छन । धुँवारहित भएकाले मानव स्वास्थ्यलाई पनि हानी नपु¥याउने उनी बताउँछन् ।

मलेसिया र कतारमा गरेर ७ वर्ष रोजगारी गरेको पथरी शनिश्चरेकै झनप्रसाद पोख्रेल पनि १ वर्ष देखि अटो चलाउँछन् । पहिले सफारी किनेका उनले पछि सफारी वेचेर अटो किने । सहज फाइनान्सको सुविधा बढेपछि पथरी क्षेत्रका युवाको रुचि अटोमा बढेको हो । विभिन्न सहकारी र वैंकले अटो खरिद गर्न सहजताका साथ ऋण उपलव्ध गराएका छन् । महिनाको १० देखी १५ हजारसम्मको किस्ता हुने र सो किस्ता तिर्ने कमाई अटोले नै गर्ने भएपछि पथरीमा पछिल्लो समय अटोको संख्यामा पनि वृद्धि भएको हो । गाँउमा अटो भएपछि कहिलेकाहि एम्वुलेन्सकै काम पनि गर्नु पर्ने उनको भनाइ छ । रात विरात विरामी भए वोकेर पनि हिडनु पर्छ ।

अटो र सिटी सफारीले यात्रुलाई पनि सजिलो बनाएको छ । मोक्तानका अनुसार घरमै पुगेर यात्रु बोकेर गन्तव्यसम्म पुर्याईदिने भएका कारण यात्रुलाई सजिलो छ, त्यसका चालकको आन्दानी पनि राम्रो छ । पहिले पथरीमा रातीको समयमा कोहि यात्रु उत्रिए गन्तव्यमा पुग्न गाह्रो हुने गरेको भएपनि अहिले अटोहरुले जुनसुकै समयमा पनि सेवा दिने गरेका कारण सजिलो भएको भुल्के मोरङ्ग यातायात प्रालिका अध्यक्ष पुर्ण कार्की बताउँछन् । कार्कीकै अग्रसरतामा पथरीमा टेम्पु तथा सफारी चालकहरुले संयुक्त रुपमा कम्पनी नै दर्ता गरेका छन् । यो कम्पनीमा मात्रै १ सय १५ वटा अटो दर्ता भएका छन् । पथरीमा नै सुनाखरी अटो प्रालि रहेको छ जसमा २ सय ५० अटो तथा सफारी आवद्ध भएको प्रालीका सचिव रविन थुलुङ्गले जानकारी दिए । समस्या पनि नभएको होइन । जिर्ण सडकका कारण सफारी तथा अटो सञ्चालनमा समस्या रहेको यसका चालकहरु बताउँछन । कतिपय अवस्थामा सडककै कारण दुर्घटना हुने र सवारीमा क्षती पुग्ने गरेको छ अटो सञ्चालक मोक्तानले बताए । परिवारसंगै बसेर विदेशमा हुने जति कमाइ स्वदेशमै हुने र स्वरोजगारको भरपर्दो विकल्प अटो भएपछि पछिल्लो समय यो क्षेत्रका युवाको आकर्षण अटो र सफारी सञ्चालनमा भएको छ । ट्राफिकबाट वेलावेलामा पाइने झन्झट वाहेक खासै समस्या पनि नरहेको उनीहरु वताउँछन् । बैदेशिक रोजगारबाट फर्केकाहरुको साझा बुझाई छ काम गर्नेलाई स्वदेशमा नै उत्तिकै अवसर छ । उनीहरु भन्छन् भो अव त विदेश नजाने ।

पथरीशनिश्चरे ३का टिएन खतिवडा गाँउमै अटो र सफारी कुदन थालेपछि यातायतका लागी सहज भएको वताउछन् । घर सम्मै अटो र सफारी आउछ कम खर्चमा भनेको गन्तव्यमा पुग्न सकिन्छ उनले भने खर्च पनि कम भएको छ र समय पनि वचत भएको छ ।
विशेष गरी विदेशबाट फर्केका युवाहरूको आकर्षण सफारी र अटोमा बढेको छ ।” सफारी ब्याट्री चार्ज गरेर सञ्चालन हुन्छ । एकपटक चार्ज गरेपछि ८० किलोमिटरसम्म सजिलै गुड्छ । विदेशमा बस्दा कमाएको पैसाबाट प्राय युवाले अटो रिक्सा र सफारी किनेका छन् ।

पथरीशनिश्चरे नगरपालिकाका नगर प्रवक्ता याम प्रसाद गुरागाइ पनि युवालाई स्वरोजगार वन्न अभिप्रेरित गर्न नगरले कार्यक्रम ल्याउने वताउछन् । अटो र सफारी चलाएर स्वरोजगार वन्ने युवालाई उत्पे्ररीत वनाउन विभिन्न कार्यक्रम सन्चालन गर्ने उनको भनाइ छ । वैकहरुले पनि यस्ता कार्यक्रमका लागी विषेश पहल गर्नु पर्छ गुरागाई ले भने । पथरीशनिश्चरे नगरपालिकाले पनि आफ्नो निती तथा कार्यक्रममा प्रथमिकताका साथ रोजगारीको अवसरलाई राखेको छ । नगरभित्रको आधिकारीक ट्रेड युनियनमा आवद्ध मजदुरहरुलाई सामाजीक सुरक्षण गर्ने निती वनाउने निती लिइने छ ।

पथरीमा मात्रै सिटी सफारी र अटो रिक्सा लाई संगठित गर्न २ कम्पनी दर्ता भएका छन् । भुल्के मोरङ्ग यातायत र सुनाखरी अटो कम्पनीले पथरीमा कार्यक्षेत्र वनाएर अटो तथा सफारी संन्चालन गर्नेका समस्या लाई हल गरिरहेका छन् । भुल्के मोरङ्ग यातायात प्रालीका अध्यक्ष पुर्ण कार्कीका अनुसार धेरै युवाको आयाश्रोतको माध्यम भएको अटो तथा सफारीमा युवाको आर्कषण वडेको छ । आम्दानी गर्ने मात्र हैन सेवाका रुपमा पनि यो व्यावसाय वडेको छ ।


सम्बन्धित खवर