पथरी, मोरङको उर्लाबारी २ मा पर्ने सालबारी सामुदायिक वन क्षेत्रमा निर्माणधिन ट्रायल सेन्टर प्रदेश दैनिकको समाचार प्रभावका कारण भत्काइएको छ । सामुदायिक वनको क्षेत्रमा नेम्वाङ ड्राइभिङ सेन्टरले आफ्नो ट्रायल सेन्टर निर्माण गरिरहेको थियो । सो निर्माण नियम विपरित गरिएको भनेर प्रदेश दैनिकले समाचार प्रकाशन गरेको थियो ।


समुहले वार्षिक १० हजार लिनेगरी आफ्नै लेटरप्याडमा लिखित सम्झौता समेत गरेको थियो । सम्झौता पश्चात वन समुहले १ महिनाको भुक्तानी समेत बुझिलिएको थियो । समाचार प्रकाशन पछि निर्माणाधिन रहेको सो ट्रायल सेन्टरमा सोमबार बेलुका नै डोजर लगाएर भत्काइएको छ । भत्काएको स्थानमा रहेको ढुङ्गा, गिटीको व्यवस्थापन भने अझै हुन सकेको छैन् ।
यो पनि पढ्नुहोस
सामुदायिक वनमा ट्रायल सेन्टर, वार्षिक १० हजार असुल्दै वनका पदाधिकारी