पत्रकारलाई विद्यार्थी नेत्रीको धम्की

पत्रकारलाई विद्यार्थी नेत्रीको धम्की

पथरी, मोरङको पथरीशनिश्चरेलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्ने ३ जना पत्रकारलाई आफुलाई विद्यार्थी नेत्री मान्ने निता कुलुङ (राईले) धम्की दिएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट ३ जना पत्रकारलाई चुनौती नै दिएकी हुन् ।

राई आफ्नो फेसबुक वालमा “पथरीका ३ पत्रकारका नाममा” भनेर ५ अनुछेद लामो स्टाटस पोस्ट गरेकी छन् । उनले ३ जना पत्रकारहरुको नामभने उल्लेख गरेकी छैनन् । सो स्टाटसमा आफु विद्यार्थी नेता पथरी बहुमुखी क्याम्पसको स्ववियु उपसभापति भएको, राजनीतिक धरातलमा नेकपाको राजनीति गर्ने मान्छे भएको जस्ता कुराहरु उल्लेख गरेकी छन् । उनले हेर्दै जा तेरो हिसाब किताब गर्दैगर, म पनि यही ठाउँको पानी खाएको मान्छे हुँ भनेर धम्कीपूर्ण भाषा प्रयोग गरेकी छन् । उनले १ हजार र १ गिलास रक्सीको भरमा प्रमाणित नहुने कुरा लेखिस भनेर पटक पटक तल्लो स्तरको भाषाशैली प्रयोग गरेकी छन् ।

निता कुलुङको स्टाटस

राईको स्टाटस अनुसार गएको विहिबार अर्थात फागुन ३० गते किरात राई खेलकुद संघ मोरङले आयोजना गरेको जिल्ला स्तरीय प्रथम महिला भलिवल खेलका बारेमा आएको समाचारको विषयमा आक्रोसित भएको बुझिन्छ । सो खेल नियम विपरित भएको भनेर प्रदेश दैनिक लगाएतका थुप्रै सञ्चाारमाध्यमहरुले समाचार प्रकासन तथा प्रसारण गरेका थिए । स्ववियु उपसभापति समेत रहेकी राई खेल संयोजक पनि हुन् । राईले स्ववियुमा पनि स्ववियुको मर्यादा भन्दा पनि बाहिर रहेर स्वावियुलाई नै बद्नाम गर्ने काम गरेको भन्दै पदबाट निष्काशन गरेको पत्रचार समेत गरेको थियो ।
यो पनि पढ्नुहोस

प्रथम मोरङ जिल्ला स्तरीय महिला भलिबलका नाममा झारो टार्दै आयोजक

 

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: