पथरी, प्रथम मोरङ जिल्ला क्याम्पस स्तरीय महिला भलिबल प्रतियोगिताको नाममा आयोजकले झारो टारेर खेल सम्पनन गरेको छ ।
विहिबार पथरीशनिश्चरे १ स्थीत सुनाखरी खेल मैदानमा आयोजना गरिएको भलिवल खेलमा जम्मा ४ वटा टिम मात्रै सहभागी भए । सहभागी टिममा पनि पथरीकै २ वटा निजि विद्यालय, पथरी बहुमुखी क्याम्पस पथरी र उर्लाबारी बहुमुखी क्याम्पस उर्लाबारी सहभागी रहेका थिए । मोरङमा त्रिभुवन विश्व विद्यलय अन्तरगत संचालनमा रहेका स्नातक तह मात्रै भएका जम्मा २९ वटा क्याम्पस रहेका छन भने स्नातक र स्नाक्तोतर दुवै संचालनमा रहेका जम्मा ७ वटा क्याम्पस रहेको क्षेत्रिय परिक्षा नियन्त्रण कार्यालय विराटनगरले जनाएको छ । आयोजकले भने मोरङ जिल्ला स्तरीय भनेको खेलमा जम्मा ६ वटा क्यापसलाई मात्रै पत्र पठाएको बताएको छ । खेलको टाइसिटमा उर्लाबारी, लेटाङ, पथरी, भगवती, रमाइलो र सुकुना बहुमुखी क्याम्पस सहभागी हुने उल्लेख छ । खेल सुरु हुने समयसम्म पनि टिम नआएपछि स्थानीय निजि विद्यालयलाई समावेश गरिएको खेल संयोजक तथा किरात राई विद्यार्थी संघ मोरङकी अध्यक्ष निता कुलुङले बताइन् ।
गत फागुन २६ गते खेलका विषयमा पत्रकार सम्मेलन गरेको आयोजकले टिम नआएको भन्दै कुनै सुचनै नगरी पथरीमा रहेको २ वटा निजि विध्याललाई खेलमा सहभागी गराएर खेल सम्पन्न गरेको हो ।
आयोजकले सहयोगी संस्था र स्थानीय सरकारलाई मोरङ जिल्ला क्याम्पस स्तरिय महिला भलिवल प्रतियोगिता भनेर रकम सहयोग माग गरेको थियो । सरकारी मत्रै हैन थुप्रै निजि संस्थाहरु तथा कम्पनीहरुले समेत खेलमा सहयोग गर्ने आयोजकले जनाएको थियो । खेल हुनेदिन सार्वजनिक सुचना समेत जारी नगरी खेलको मर्यादा भन्दा फरक ढंगवाट खेल सञ्चालन गरि सहयोगी संस्थाहरुको आखाँमा छारो हाल्ने र रकम निकाशा गर्न खोजेको प्रष्ट रुपमा देखीएको छ ।
क्याम्पस स्तरिय प्रतियोगिता नाम दिएको सो प्रतियोगितामा पथरीमा रहेका २ वटा निजी विध्यालय एभरेष्ट र रेडस्टारलाई मौखीक जानकारी गराई खेलमा सहभागिता जनाई दिन आग्रह गरेको तर कुन स्तरको खेल हो भनेर स्पष्ट जानकारी नदिएको दुवै विध्यालयका निर्देशकले वताएका छन् । सहभागिताका लागि मात्र आफुहरुलाई उपस्थिीति जनाई दिन आयोजकले अनुरोध गरेकाले आफ्नो विध्यालयको सहभागिता रहेको उनीहरुको भनाई रहेको छ ।
मार्यादा विपरित सम्पन्न भएको सो प्रतियोगितामा सहयोग गर्ने प्रतिवद्धता जनाएका स्थानिय सरकार प्रमुखहरुले भने यो खवर सुनेर आश्चर्यमा परेको बताए ।
संघले सहयोगका लागि पत्र पठाएका स्थानिय सरकारहरु पथरी शनिश्चरे नगरपालिका र रतुवामाई नगरपालिका प्रमुखले खेलको नियम विपरित सञ्चालन भएको प्रतियोगीतामा आफूहरुले कुनै प्रकारको सहयोग नगर्ने बताएका छन् । खेल सञ्चालनका लागि लाग्ने खर्च मध्ये सहयोगका लागि पथरीशनिश्चरे नगरपालिकामा २५ हजार र रतुवामाई नगरपालिकामा १० हजार रुपैया रकम माग गरेको खेल संयोजक कुलुङ (राई)ले वताईन् ।
अन्य सहयोग व्यक्तिगत रुपमा र काठमाण्डौमा रहेको रिक्यालस कम्पनीले १९ हजार सहयोग गरेको उनले वताईन जुन रकम खेल सुरु हुनु भन्दा अगावै खर्च भईसकेको छ । १ लाख ७० हजार अनुमानित खर्च आँकलन गरिएको सो प्रतियोगितामा पुरस्कारमा पहिलो राशि १५ हजार र दोस्रो राशि १० हजार खर्च गरिएको छ भने एउटा स्पिीकर वक्स भएको साउण्ड सिस्टमा ६ हजार र स्टेजमा १५ हजार खर्च भएको कुलुङले वताईन ।
पूर्व निर्धारित खेल तालिकामा समावेश भएका कुनै समुह उपस्थित नभएको खण्डमा उपस्थित भएका समुहहरु विच नै प्रतियोगिता गराउनु पर्ने अन्तर्राष्ट्रिय प्रशिक्षण लेभल कोच दोस्रो तहका प्रशिक्षक अञ्चल धिमालको तर्क छ ।
विहिबार सम्पन्न खेलमा उर्लाबारी क्याम्पसले पथरी बहुमुखी क्याम्पसलाई २५—१४, १८—२५ र २६—१५ को सेटमा पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको थियो ।