लेखनाथ : संघिय सासंद तथा पुर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले विकास निर्माणको क्षेत्रमा कुनै पनि राजनिती नहुने बताएका छन् ।
पोखरा २७ को छत्रेढुगामा स्थानिय पुर्वाधार क्षेत्र विकास कोषको आर्थीक सहयोग र स्थानिय जनसहभागीतामा निर्माण भएको ढलान बाटोको सनिवार उद्घाटन गर्दै अधिकारीले चुनाबमा जो जसलाई भोट दिए पनि विकास निर्माणमा सवै आफनै हुने भन्दै जनसहभागीतामा सरकारको पनि साथ रहने बताएका हुन् ।
आफनो कार्यकालमा केन्द्रिय स्तरका धेरै योजनाहरु ल्याउन सफल भएको बताउदै यस क्षेत्रका जनताको जिवनस्तरमा सुधार आउने गरि विकास निर्माणका योजनाहरुलाई अगाडी वढाएका छौ उहाँको भनाई रहेको थियो ।
‘संघिय सासंद विकास कोषको १० लाख र स्थानियवासीको चार लाख ५० हजार गरि १४ लाख ५० हजारको लागतमा निर्माण भएको एक सय ८२ मिटर लम्वाईको बाटो ढलान गरि निर्माण हुदा त्यस क्षेत्रका ५० घर परिवार लाभाम्वीत भएको वताईएको छ ।
बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्ण बहादुर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले वडा नं २७ का अध्यक्ष सुर्यमणि लामिछाने,स्थानिय समाजसेवी धन वहादुर गुरुङ र सुक्र अधिकारी लगाएतले जनसहभागीता रहने विकास निर्माणमा सरकार पनि सहयोग गर्न बाध्य हुने धारणा राखेका थिए ।



 
                                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                        



