चैत २०- राष्ट्रिय सहकारी दिवस, पथरी शनिश्चरेमा जिल्लाव्यापी कार्यक्रम गरिने

चैत २०- राष्ट्रिय सहकारी दिवस, पथरी शनिश्चरेमा जिल्लाव्यापी कार्यक्रम गरिने
पथरी ।
प्रत्येक बर्षको चैत २० गते, राष्ट्रिय सहकारी दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइने गरेको छ । यो बर्ष ६४ औँ राष्ट्रिय सहकारी दिवस कोरोना संक्रमणलाई ध्यानमा राख्दै देशका प्रत्येक जिल्लामा विभिन्न कार्यक्रम सहित मनाउने तयारी गरिएको छ ।
सोही अनुरुप मोरङ जिल्लाको  पथरीशनिश्चरेमा सहकारी दिवस विभिन्न कार्यक्रमका साथ  मनाइने भएको हो ।
 यस वर्ष  कोरोनाको कारण देखाउँदै सरकारले भिँडभाड भएर ठुला कार्यक्रम नगर्न आग्रह गरेपछि केही कार्यक्रमलाई स्थगन गर्दै उक्त दिवस सामान्य तरिकाले मनाइने आयोजकले बताएको छ । गत बर्ष पनि कोरोना संक्रमणका कारण ६३ औँ सहकारी दिवस प्रभावित बनेको थियो ।
 मूल समारोह समितिको आयोजकत्वमा हुने उक्त कार्यक्रममा नेपालका सहकारी प्रणेता स्व. बखानसिंह गुरुङको शालिक अनावरण समेत गरिने भएको छ । सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेको नेतृत्वमा सो सालिकको निर्माण भएको हो । स्व. गुरुङले वि.सं २०१३ सालमा नेपालमै पहिलो पटक चितवनमा सहकारी संस्थाको स्थापना गरेका थिए ।
पथरी शनिश्चरेमा आयोजना गरिने कार्यक्रम अन्तर्गत चैत्र २० गते विहान ११ बजे मनकामना सामुदायीक बनमा निर्माण भएको स्व. गुरुङको शालिक अनावरणपछि हरियाली सामुदायीक वनमा अन्य विविध कार्यक्रमहरु हुने आयोजकले आज पत्रकार भेटघाटको आयोजना गरि जानकारी गराएको छ  । कार्यक्रममा प्रदेश नं १ का प्रदेश प्रमुख  सोमनाथ अधिकारीको प्रमुख आतिथ्यता रहनेछ भने संघिय संस्कृती, पर्यटन तथा नागरिक उड्यानमन्त्री भानुभक्त ढकाल, प्रदेश नं १ का भूमि, ब्यवस्था कृषि तथा सहकारीमन्त्री रामबहादुर मगर लगायतको उपस्थिति रहने मूल समारोह समितिका संयोजक डिल्ली पोखरेलले जानकारी दिए ।
मोरङ्ग जिल्लामा १ हजार ५० बढी विभिन्न प्रकृति र उद्देश्यका सहकारी रहेका छन।
मोरङ्ग जिल्लामा मात्रै सहकारी संस्थाले १९ अरब बढिको कर्जा प्रवाह गर्दै सदस्यहरुको सुखदुःखको सारथि बन्दै आएको छ ।

सम्बन्धित खवर