राघबको चलचित्र निर्देशकमा डेब्यु

राघबको चलचित्र निर्देशकमा डेब्यु

पथरी, राघब आचार्यले चलचित्र ‘ए साथि सुन’ मार्फत निर्देशकमा डेब्यु गर्ने भएका छ्न् ।

बिहिबार चलचित्रको शुभमुहूर्त गरिएको छ । महाशिवरात्रीको अवसरमा खोकना कार्यबिनायक मन्दिरमा चलचित्रको शुभमुहूर्त गरिएको हो । म्युजिक भिडियो र छोटा चलचित्र निर्देशन गरेका आचार्यले पहिलो पटक फिचर फिल्म निर्देशन गर्न लागेका हुन् ।

विना कार्कीको निर्माणमा बन्ने चलचित्रमा नायिका बर्षा शिवाकोटी र नव नायक रमेश बानिँया, जयनन्द लामा, सुशील पोख्रेल, रमेश अधिकारी, प्रतीक्षा शाह चन्द, सुभाष शाहको अभिनय रहने छ । यहि चलचित्र मार्फत रमेश बानिँयाले समेत फिचर फिल्ममा नायकका रुपमा डेब्यु गर्दैछ्न् ।

सुदिप कुँवरको सहायक निर्देशन रहने चलचित्रको छायांकन मानकृष्ण महर्जनले गर्नेछन् भने चलचित्रमा किरण भुजेल, अन्जु पन्त पार्श्व गायन रहनेछ ।

फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, कुमार महर्जनको द्धन्द निर्देशन, रहने छ । चैत्र ४ बाट फ्लोरमा जाने चलचित्र सामाजिक र प्रेमकथामा बन्न लागेको निर्देशक आचार्यले जानकारी दिए । हेटौंडा र बिरगंजका विभिन्न क्षेत्रमा चलचित्र छायांकन हुनेछ ।

सम्बन्धित खवर