मेस्सी र ग्रिजम्यानको २/२ गोलमा बार्सीलोनाको सहज जित

मेस्सी र ग्रिजम्यानको २/२ गोलमा बार्सीलोनाको सहज जित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा ग्रानडालाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सहज जित निकालेको हो ।

ग्रानडाको मैदानमा कप्तान लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले २र२ गोल गरेपछि बार्सिलोनाले सहज जित निकालेको हो ।

खेलको १२ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

खेलको ३५ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए ।

४२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना ३-० ले अघि रह्यो ।

Image

त्यसपछि खेलको ६३ औं मिनेटमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० को जित दिलाए ।

यस्तै खेलको ७८ औं मिनेटमा जिसस भालेजोले रातो कार्ड पाउँदा घरेलु टिम १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

बार्सिलोनाले १८ खेलमा ३४ अंक जोडेको छ । ग्रानडा २४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

सम्बन्धित खवर