रबिन्द्र बराल, रंगेली
मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मधुवनीमा रहेको श्री ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफुले आयोजना गरिरहेका कार्यक्रमहरु सार्वजनिकरण गरेको छ । संस्थाले प्रदेश सरकार भुमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत हुलाकीमार्ग लक्षित दुध उत्पादन प्रर्वद्धन कार्यक्रमको बारेमा सार्वजनिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले सुनवर्षी नगरपालिका, रंगेली नगरपालिका र धनापालथान गाउँपालिकामा रहेका र सहकारीमा आबद्ध कृषकले पालेका पशुहरुको अनिवार्य विमा गर्ने, हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन प्रबर्द्धन फ्लोअप तथा सञ्चालन गर्ने, सदस्यहरुलाई गाई÷भैसी खरिद, गोठ निर्माण सुधारमा अनुदान दिने, कृतिम गर्भाधान गराउने, पशु आहारा विकास कार्यक्रम वर्षे र बहुवर्षिय घाँस खेति गर्न प्रोत्साहन गर्ने, पशु स्वास्थ्य सेवा कार्यक्रम टिट डिपिड परजिवी नियन्त्रण, पशु खोपलाई निरन्तरता दिने, अभिवृद्धि तालिम दिलाउने जस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउदै लैजान समेत उक्त कार्यक्रममा भनिएको छ ।
कार्यक्रमको प्रमुख अतिथि उपमेयर केशव कुमारी खराल, बिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत टोम प्रसाद सुवेदी, वडा अध्यक्ष रामचन्द्र मंण्डल, जिल्ला पशु स्वास्थ्यका कुमार सिहं खत्री, बिनोद यादव, दिपेन्द्र साह, तथा संस्थाका सचिव अशोक मंण्डल, उषा मंण्डल, लगायतका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।
रंगेली नगरपालिकाको सभाहालमा गरिएको कार्यक्रम संस्थाका अध्यक्ष सन्तोष मंण्डलको सभापतित्वमा सम्पन्न भएको थियो ।



 
                                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                        



