कृष्ण उदाशीको “चङ्गा उडाउने हो” दशैँ–तिहार गीत सार्वजनिक

कृष्ण उदाशीको “चङ्गा उडाउने हो” दशैँ–तिहार गीत सार्वजनिक

कृष्ण उदाशीको शब्द, लिला शिवाकोटी र किशोर शिवाकोटीको आवाजमा दशैँ–तिहार गीत “चङ्गा उडाउने हो” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  निरोज लामाको संगीत र संगीत संयोजन रहेको उक्त गीतलाई राजेश श्रेष्ठ र मोनिश चाम्लिङले रेकर्ड गरेका हुन् । ए–वान म्युजिसियन स्टुडियोमा रेकर्ड भएको उक्त गीतलाई किशोर थापाले मिक्सिङ माष्टरिङ गरेका हुन् ।

भिडियोको लागि दिपक आचार्यको निर्देशन रहेको छ भने निर्मल लामाले कोरियोग्राफी गरेका छन् । भिमफेदी गाइजको नृत्य रहेको म्युजिक भिडियोमा कमलमणि नेपाल र प्रियना आचार्य (मुन्नी) को अभिनय रहेको छ । उक्त भिडियोलाई पवन शुस्लिङले छायाङ्कन गरेका हुन् भने चन्दन दत्तले इडिट र कलरिङ गरेका हुन् ।

उक्त दशैँ–तिहार गीतको भिडियोको उत्पादन कुसुम चौहानको रहेको छ भने भिडियो उत्पादनमा अप्लस युनाइटेड होम केयर र मेनुका मेमोरियल फाउण्डेसनले सहयोग र समर्थन गरेका छन् । भिडियो युट्यु के के म्युजिक च्यानलबाट सार्वजनिक भएको छ ।

सम्बन्धित खवर