सुदुरपश्चिमेली समाजको राहत कार्यक्रम

सुदुरपश्चिमेली समाजको राहत कार्यक्रम

धनगढी, सुदूरपश्चिमेली नेपाली समाजको सयुक्त अभियान मार्फत कैलालीको गौरीगंगा नगरपालिकाका बिपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ ।

विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली, नेपालीहरुलाई आईपर्ने समस्याहरुको समाधानका साथै नेपालमा प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य, शिक्षा, खेलकुद लगायत विभिन्न परोपकारी कार्यको लागि, सुदूरपश्चिमेली नेपाली समाजहरुको पहलमा स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहतकोष मार्फत गौरीगंगा नगरपालिका विभिन्न वडाका ५० घर परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको केन्द्रिय महासचिव दिलेन्द्रप्रसाद जोशीले बताए ।

गौरीगंगा नगरपालिका उपप्रमुख अन्चला चौधरी, वडा नं. १ का वडा सदस्य तेज बहादुर रानामगर, वडा नं. ३ का वडा सदस्य जगन्नाथ चौधरी, ३ का वडा सचिव घनश्याम ओझा, वडा नं. ६ का वडा अध्यक्ष श्रीमति कमला शर्मा ओझा, वडा सदस्य गीता चौधरी, वडा सचिव भक्त राज ओझा, स्वास्थ्यकर्मी गणेश प्रसाद उपाध्याय, समाजसेवी लक्ष्मी बोगटी कुवँर, तुलाराम साउँद, प्रकाश थापा र स्थानीयवासीहरूको उपस्थितिमा एक कार्यक्रम आयोजना गरि राहत सामग्रीहरु पीडित परिवारलाई वितरण गरेको केन्द्रिय अध्यक्ष धनबहादुर बलायरले बताए ।

वर्तमान परिस्थितिमा पीडित परिवारहरुको समस्यालाई मध्यनजर गर्दै अति आवश्यक खाद्यान्न सामाग्रीहरु उपलब्ध गराई केहि हद सम्म मल्हम लगाउने उद्देश्यले राहत वितरण गरेको अध्यक्ष बलायरले बताए ।

कार्यक्रममा नेपाल संयोजक चेतन थापा, नेपाल समन्वय समिति सदस्य धुर्व बहादुर मल्ल, सुदूर पश्चिमेली नेपाली समाज भारतका खेलकुद संयोजक अनिल बलायर लगायतको सहभागिता रहेको थियो ।

बिगत लामो समय देखि सामाजिक कार्यमा लागिरहेका र यो अभियान निरन्तर रही रहने केन्द्रिय कोषाध्यक्ष भुवन प्रसाद भट्टले बताए । यस्तो परोपकारी कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पूर्ण राष्ट्रिय समाज, कार्यकारी समिति पदाधिकारी तथा सम्पूर्ण सहयोगी हातहरुलाई सुदूरपश्चिमेली नेपाली समाजले हार्दिक धन्यवाद ज्ञापन समेत गरेको केन्द्रिय प्रचार प्रसार प्रमुख दिनेश खड्का खप्तडीले जानकारी दिएका छन् ।

सम्बन्धित खवर