आइपिएलमा खेलाडी साटफेर हुने: सन्दीप पनि सूचीमा, अर्को टिमबाट खेल्ने सम्भावना (सूचीसहित)

आइपिएलमा खेलाडी साटफेर हुने: सन्दीप पनि सूचीमा, अर्को टिमबाट खेल्ने सम्भावना (सूचीसहित)

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) २०२० को आधा खेल सकिदा खेलाडी आदान प्रदान अर्थात साटफेर लिष्ट तयार भएको छ । फ्रेन्चाइजीले चाहेको खण्डमा आफूसँग भएका खेलाडी दिने र अर्को खेलाडी लिनका लागि सूची तयार भएको हो ।

मध्य सिजन चलिरहेका समयमा ट्रान्सफरका लागि नेपाली लेगस्पिनर सन्दीप लामिछानेसहित सिनियर र चर्चित खेलाडी अन्य टिमबाट खेल्न सक्ने सम्भावना देखिएको छ । सन्दीपलाई अन्य कुनै टोलीले लगेमा यहीँ सिजन नै उनी अर्को टोलीबाट खेल्न सक्नेछन् ।

दिल्ली क्यापिटल्स्मा आवद्ध सन्दीपको यो तेस्रो सिजन हो । अहिलेसम्म यो सिजनमा उनी बेञ्चमै छन् । सन्दीप मात्र नभएर चर्चित खेलाडी क्रिस गेल, अजिक्या रहाणे, इमरान ताहिर,लगायतका खेलाडी पनि साट्फेर सूचीमा छन् ।

मिड सिजर ट्रान्सफरका लागि मुम्बइ इण्डियन्सले १३, दिल्ली क्यापिटल्सले ९, कोलकाता नाइटराइडर्सले १०, रोयल च्यारेन्जर्स बेंगलोरले ११, सनराइजर्स हैदरावादले १३, राजस्थान रोयल्सले ११, चेन्नइ सुपर किंग्सले १० र किँग्स इलाभेन पञ्जाबले १३ खेलाडीलाई सूचीमा राखेका छन् ।

साट्फेर सूचीमा परेका खेलाडी

दिल्ली : सन्दीप लामिछाने, अजिन्क्या रहाणे, किमो पाउल, एलेक्स केरी, आवेश खान, ललित यादव, ड्यानियल स्याम्स, तुषार देशपाण्डे र मोहित शर्मा

चेन्नइ : केएम आसिफ, इमरान ताहिर, नारायण जगदीशन, कर्ण शर्मा, मिचेल सान्टनार, मोनु कुमार, क्रृतुराज गायकवाड, आर साइ किशोर र जोश हेजलउड

मुम्बइ : आदित्य तारे, अनुकुल राय, मिचेल म्याक्लेनघन, क्रिस लिन, नाथन कोल्टरनाइल, सौरभ तिवारी, मोहसिन खान, दिग्विजय देशमुख, प्रिन्स बलवन्त राय, धवल कुलकर्णी, जयन्त यादव र शेरफेर रदरफोर्ड

पञ्जाब : मुजिब उर रहमान, मुरुगन अश्विन, दीपक हुड्डा, इसान पोरेल, सिमरन सिंह, जतिन्दर सिंह, दर्शन नलखण्डे, कृष्णप्पा गौतम, हार्डस विलोजेन, क्रिस गेल, हरप्रीत बराड र जगदीश सुचित

हैदरावाद : श्रीवत्स गोस्वामी, सिद्धार्थ कौल, क्रृद्धिमान साह, विराट सिंह, बावनका सन्दीप, फैबिन एलन, सञ्जय यादव, बासिल थम्पी, बिली स्टानलेक, मोहम्मद नबी, शाबाज नदीम

कोलकाता : टम बेन्टन, निखिल नाइक, अली खान, प्रसिद्ध कृष्णा, रिंकु सिंह, सन्दीप वारियर, सिद्धेश लाड, क्रिस ग्रीन र एम सिद्धार्थ

राजस्थान : वरुण आरोन, ओशेन थोमस, अनिरुद्ध जोशी, एन्ड्रयू टाइ, आकाश सिंह, अनुज रावत, मयंक मार्कण्डय, मनन बोहरा र शशांक सिंह

आरसिबी : जोश फिलिप, डेल स्टेन, शाहबाज अहमद, पवन देशपाण्डे, एडम जाम्पा, मोइन अली, मोहम्मद सिराज, मार्थिव पटेल, पवन नेगी र उमेश यादव

सम्बन्धित खवर