न्युरोमा पनि देखियो कोरोना, ईमेजेन्सी कक्ष सिल

न्युरोमा पनि देखियो कोरोना, ईमेजेन्सी कक्ष सिल

मोरङ, विराटनगरस्थित न्युरो कार्डियो एन्ड मल्टी स्पेसियालिटी हस्पिटलका एक चिकित्सकलाई कोरोना पोजेटिभ देखिएपछि
हस्पिटलको ईमेजेन्सी कक्ष सिल गरिएको छ। अस्पतालको ईमेजेन्सी कक्षमा कार्यरत मेडिकल अफिसरलाई कोरोना देखिएको पछि सिल गरिएको हो ।

कोरोना पोजेटिभ देखिएका कर्मचारी एक बर्षदेखि न्युरो र विराट नर्सिङमा समेत कार्यरत थिए । केहिदिन अगाडी विराट नर्सिङका डाक्टर तथा नर्समा कोरोना पोजेटिभ देखिएपछि हस्पिटलका अन्य चिकित्सकहरुको पीसीआर चेकजाँच गर्दा शुक्रबार उनको पनि रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई तत्काल धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा लगिएको थियो।

सम्बन्धित खवर