चर्चित गायक राजन कार्कीको मायाको हाई हाई सार्वजनिक (भिडियो सहित)

चर्चित गायक राजन कार्कीको मायाको हाई हाई सार्वजनिक (भिडियो सहित)

पाेखरा : लोक सांगितक क्षेत्रका चर्चित गायक हुन राजन कार्की। बजारमा थुप्रै गितहरु राजनका लोकप्रिय छन्। यस्तै उत्कृष्ट गितहरु प्रस्तुत गर्ने क्रममा यतिबेला फरक धारको नयाँ गित मायाको हाई हाई लिएर उपस्थित भएका छन् । गित अत्यन्तै राम्रो बनेको छ। गितको शब्द रबिन लामिछानेको र लय हरि बिष्टको रहेको छ।

राजन कार्की र प्रतिक्षा वाग्लेको सुमधुर आवाजमा सजिएको गितमा चर्चित नायक दिलिप रायमाझी र कविता नेपालीको अभिनय रहेको छ। अजय रेग्मीको छायांकन रहेको भिडियोलाई क्रान्ती केसीको सम्पादन र निर्देशन गरेका हुन्। नाच्ने मिल्ने शैलीमा बनेको गित दर्शक स्रोतले अत्यधिक मन पराउने अपेक्षा गरिएको छ।

भिडियो राजन कार्कीको युटुव च्यानलबाट बजारमा सार्वजनिक गरिएको छ।

सम्बन्धित खवर