ममता हारेको जीवन सार्वजनिक

ममता हारेको जीवन सार्वजनिक

सामाजिक कार्यमा सक्रिया पथरीशनिश्चरे १० का युवा प्रताप गुरुङको डेब्यु सर्टमुभि ‘ममतामा हारेको जीवन’ सार्वजनिक भएको छ । हेम्स इन्टरटेन्टमेन्ट युट्युव च्यानलमार्फत आज उक्त मुभि सार्वजनिक गरिएको हो ।

भिडियोमा लागुऔषधको प्रयोगले निम्त्याउने समस्यालाई प्रस्तुत गरिएको छ । भिडियोमा गुरुङका साथै नेपाल टेलिभिजनबाट प्रशारित कार्यक्रम ‘दोबाटे’मा ‘थसुली’को रोलबाट चिनिएकी लक्षणा राई, सञ्चारकर्मी विवेक न्यौपाने, सुमन कुरुङ्वाङ, गणेश थक्लुङ, सृजना धिमाललाई देख्न सकिन्छ । लक्षणा राई र प्रताप गुरुङको मुख्य भुमिका रहेको उक्त चलचित्रमा गुरुङले लागुऔषध प्रयोगकर्ताको भूमिका निभाएका छन् । फिल्मको कथा सुमन कुरुङमाङले लेखेका हुन् भने भुपेन्द्र तुम्वाहाम्फेले भिडियो खिचेका हुन् । फिल्ममा सुमन कुरुङमाङको निर्देशन रहेको छ ।

सम्बन्धित खवर