पोखरामा अझै ६३०० घरमा खानेपानीको धारा छैन, आगामी वर्ष सबै घरमा पुर्याइने

पोखरामा अझै ६३०० घरमा खानेपानीको धारा छैन, आगामी वर्ष सबै घरमा पुर्याइने

कास्की : पोखरा महानगर पाकिाका प्रमुख मानबहादुर जिसीले पोखरा सभागृहमा महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन । उनले प्रस्तुत गर्दै गरेको नीति तथा कार्यक्रममा खानेपानी तर्फ निम्म बमोजिमको नीति प्रस्तुत गरिएको छ ।

पोखरा महानगरपालिका अन्र्तगत साविक लेखनाथबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन चालू आर्थिक वर्षमा लेखनाथ साना सहरी खानेपानी आयोजनाको नरशपुर, थुमाकोडाँडा, आरुपाटामा खानेपानीको ट्यांकी निर्माण कार्य सम्पन्न भएको छ । खानेपानीको लाइन समेत विस्तार गरी घर घरमा धारा जोड्ने र्काय भइरहेको छ । पोखरा २१ मा र ३३ सहलगानी खानेपानी आयोजना अगाडि बढाइएको छ । बेगनास सहलगानी खानेपानी आयोजना, लामागाउँ खानेपानी आयोजना अगाडि बढाइएको छ ।

पोखरा महानगरपालिको बजार क्षेत्रमा प्रत्येक घर घरमा शुद्ध पानी वितरण गर्ने उद्देश्यका साथ संचालित ७ अर्ब रुपैयाको व्क्ष्ऋब् खानेपानी परियोजनाको काम अगाडि बढिरहेको छ । आरटियो रोड खानेपानी योजना, काहुँ खानेपानी योजना, सराङकोट खानेपानी योजना साथै वडा नम्बर २८,२४,३३,२१ र २५मा खानेपानी योजनाहरु संचालन भइरहेका छन् । महानगर भित्र ६ हजार ३ सय घरधुरीमा खानेपानीको समस्या रहेकाले आर्थिक वर्ष ७७÷७८ मा महानगर भित्रका सम्पूर्ण घरहरुमा १ घर एक धाराको व्यवस्था गरी पूर्ण खानेपानीको सुविधायुक्त सहर घोषणा गरिने छ ।

सम्बन्धित खवर