पथरी शनिश्चरे नगरपालिकामा खेलकुदको अवस्था र चुनौती

पथरी शनिश्चरे नगरपालिकामा खेलकुदको अवस्था र चुनौती

अर्जुन काफ्ले
पथरी
पथरीशनिश्चरे १० का केशव कुरुम्वाङ्ग ४० र ५०को दशकका राम्रा फुटबल खेलाडी थिए । कुरुम्वाङ्ग ऐयाबारीबाट फुटबल खेल्न धरानसम्म पुग्थे । धरानको गोधुली क्लबबाट व्यावसायिक फुटबल खेलेका केशवसँग धेरै सम्झना छ पथरीको फुटबलको । सुरुवाती दिन सम्झदै केशव भन्छन् ‘रहरका लागी हामी फुटबल खेल्थ्यौ,फुटबल खेलेर नै जिवीको पार्जन हुन्छ भन्ने छ दै थिएन्’उनको अनुभवमा फुटबल खेल शारिरीक व्यायमका लागी र मनोरञ्जनका लागी खेलिने खेल थियो । समय फेरीएको छ आज तिनै केशवका भतिजा सन्जिब फुटबल खेलेरै आफ्नो कमाई गरिरहेका छन् ।
केशबले फुटबल खेल्दा गोधुली क्लवले गाडी भाडा र केहि खाजा खाने पैसा दिने गथ्र्यो त्यो पनि ‘सेलेक्टेट’ खेलाडीलाई । प्रतियोगीता त धेरै हुन्थ्यो तर विजेता टोलीले रकमका रुपमा पुरस्कार पाउने चलन नै थिएन् । केशबले पथरीकै स्थानिय क्लबवाट समेत फुटबल खेले । पुराना खेलाडी मध्येका केशबले पथरी आसपासमा वाक्लै फुटबल प्रतियोगीता हुने भए पनि व्यावसायीक रुपमा फुटबल खेलको सुरुवात भने ६०को दशक वाट मात्रै सुरु भएको वताउछन् । भारतिय तथा बेलायती सेनामा काम गरेर फर्किएका हरु संग फुटबल हुने र उनीहरुकै संगतले पथरीमा फुटबल संस्कृतीको विकास भएको कुरुम्वाङ्गको भनाइ छ । सेनामा काम गरेका र उनका छोराहरुले फुटबल ल्याउने गरेको याद छ नत्र त पहिला पहिला मोजाको गोल वाटै फुटबलको खेल जिवन स्ुरु भएको छ ।
२०४० साल तिर केदार याङ्गदेनको नेतृत्वमा पहिलो पटक पथरी बजारका युवाहरु सम्मिलित गरेर पथरी फुटबल च्याम्पियन कप आयोजना भएको इतिहास पाइन्छ । यो नै पथरीको पहिलो फुटबल प्रतियोगीता भएको दावी फुटबलका जानकारहरु बताउछन् । पथरी ११ फुटबल क्लब स्थापना हुन् अघि नै पथरीमा धेरै क्लब स्थापना भए केहि प्रतियोगीतामा सहभागी भए र ति क्लबको अस्थित्व हराएर गएका छन् । अहिले पथरीशनिश्चरे नगरभित्र पथरी ११ फुटबल क्लब, सिरीजंगा फुटबल क्लब, यलम्बर जोरधारा,सुनौलो कल्याण, नाजरिन लगायतका क्लब विभिन्न प्रतियोगीतामा सहभागी हुदै आएका छन् । ५०को अन्तिम र ६०को सुरुवाती दशकमा पथरीका भिम लिम्बुको पहिचान नगर बाहिरका फुटबल क्लबहरुमा थियो । लिम्बु फुटबल खेल्न विभिन्न क्लब वाट भारतका सहर सम्म पुगेका थिए । त्यस पछि दिपक पुलामी, दिपक राई,साइमन लिम्बु,मिन धिमालहरु उदाए । पछिल्लो समय पथरी ११ फुटबल क्लबमा आवद्ध अधिकास खेलाडी नेपाल र भारतमा आयोजना हुने प्रतियोगीतामा सहभागी हुदै आएका छन् ।


पछिल्ला दशकमा यहाँ आयोजना भइरहेका विभिन्न फुटबल प्रतियोगिता प्रतियोगिताले पथरीशनिश्चरेलाई खेल गतिविधीले यहा प्रतियोगीता का रुपमा मात्र नभइ खेलाडी उत्पादन गर्ने थलोका रुपमा समेत परिचित हुदै गएको छ । हालै सम्पन्न राष्ट्रिय फुटबल लिगमा पथरीशनिश्चरे कै २ जना खेलाडीले माथील्लो क्लबवाट सहभागीता हुनु पनि यसको उदाहरण हो । पथरीशनिश्चरेको खेलकुद विकासमा पथरी गोल्डकप फुटबल प्रतियोगिता एउटा ऐतिहासिक प्रयास हो । स्थानीय क्लबहरूको समन्वय, युवाको सक्रियता र नगरपालिकाको सहयोगमा आयोजित यस प्रतियोगिताले नगरको खेलकुद विकासमा समेत ठुलो प्रभाव पारेको छ । प्रतियोगीता संगै पथरी ११ फुटबल क्लवले कोशी प्रदेशका विभिन्न स्थानमा आयोजना भएका फुटबल गोल्डकपहरुमा प्रभावशाली प्रर्दशनले समेत पथरीमा फुटबल खेलाडीको उत्पादन भइरहेको देखाउदछ । पथरी ११का अध्यक्ष सुमन विकका अनुसार पथरीशनिश्चरेमा राम्रा फुटबल खेलाडी भए पनि विभिन्न कारणले उनीहरुको प्रतिभा बाहिर नआउदा अझेलामा परेकालाई पथरी ११ले प्रतिभा प्रस्फुटनका लागी समेत काम गरिरहको छ ।
पथरीमा फुटबल खेलमा अहिले हेर्ने हो भने अन्तारष्ट्रिय प्रतियोगीतामा सहभागी भएका दिपक राई, सरु लिम्बु, दिपा न्यौपाने, उमेर समुहमा अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी भएका असिम राई, मनोज दाहाल देखी महिला फुटबलको उमेर समुहबाट राष्ट्रिय जर्सि पहिरीएका पुनम लिम्बु र आशिका कार्कीले पथरीकै नाम रोशन गरेका छन् । हाल पथरीशनिश्चरे नगर खेलकुद समितीका संयोजक दिपक राई रहेका छन् । सरु हाल राष्ट्रिय महिला टोलीकी भरपर्दी मिडफिल्डर हुन् ससस्त्र प्रहरी बलको फुटबल टोलीका नियमित सदस्य सरु हाल भारतिय क्लव किकस्टार वाट व्यावसायीक फुटबल लिग खेलिरहेकी छन् । भारतिय क्लवमा फुटबल खेल्ने सरु पथरीशनिश्चरे नगरकै पहिलो खेलाडी हुन् ।

विभागीय टोली वाट फुटबल खेल्ने नगरको पहिलो महिला खेलाडी च लिला लाम्गादे हुन् उनले ै त्रिभुवन आर्मी क्लबवाट आफ्नो खेल प्रर्दशन गरिसकेकि छन् । लिला पथरीशनिश्चरे नगरकै पहिलो महिला फुटबल खेलाडी उनी किपरको भुमीका निर्वाह गर्थिन ।
दिपा अहिले नेपाल प्रहरी महिला फुटबल टिममा रहेकी छन भने नेपाली राष्ट्रिय टिमकी सदस्य हुन् । सरुले २०१६ मा मलेसिया विरुद्धको खेलमा डेव्यु गरेकी थिइन् ।
दोश्रो नेपाल सुपर लिगमा पथरीशनिश्चरेका साइमन लिम्बु धनगढी फुटबल क्लब बाट खेले । एक संस्करण मात्र एन एस एल खेलेका लिम्बु हाल वैदेशीक रोजगारीका लागी डेनमार्क पुगेका छन् । उनी पथरीशनिश्चरे कै पहिलो एन एस एल लिग खेल्ने खेलाडी बने । उनी ए डिभिजन लिगमा समेत लिग च्याम्पीयन चर्च ब्याइज युनाइटेडका नियमित खेलाडी थिए । उनीसँगै सन्तोष न्यौपाने समेत चर्च ब्याइजले लिग च्याम्पियन बन्दाका क्लबका सदस्य थिए संन्तोस अहिले पनि पुर्वमा आयोजना हुने फुटबल प्रतियोगीतामा सहभागी भइरहेका छन् । त्यसो त मिन धिमालले चर्चित क्लब थ्रि स्टारबाट दुई सिजन लिगमा सहभागीता जनाए । मिन समेत वैदेशीक रोजगारीका क्रममा मलेसियामा छन् । उनी मलेसियाको नेपाली क्लब हिमालयन एफ सिका नियमीत सदस्य रहेका छन् । भारतको सिक्किममा आयोजना भइरहेको सिक्कीम प्रिमियर लिगमा पथरीकै निरोज परियार अनुवन्धीत भएका छन् । उनी व्लाक इगल एफ सि का लागी खेल्दै आएका छन् । हाल स्थागनमा रहेको नेपाली फुटलव राष्ट्रिय लिगमा पथरीकै समिर क्षेत्री र धिरेन क्षेत्रीले प्रतिष्ठीत क्लब मछिन्द्रावाट फ्ुटबल खेल्दै आएका छन् । नेपाल प्रहरीको प्रदेश फुटबल क्लव बाट पथरीशनिश्चरे कै विकास राई र प्रकास चौहान खेल्ने गर्दछन् ।

। पछिल्लो समय पूर्वमा हुने गोल्डकपमा सनम धिमाल, सौर्य राउत, मञ्जील खड्का, सुबास तामाङ्ग, युकेश तामाङ्ग, लगायतका खेलाडीले मैदानमा आफ्नो खेलको जादु प्रदर्शन गर्दै आएका छन् । पथरीशनिश्चरे महिला फुटबलको क्लब समेत नगरमा सक्रिय छ ।

महिला रेफ्रिका रुपमा रहेर जमुना आले मगरको सक्रियता अहिले मैदानमा देख्न सकिन्छ । सानै उमेर देखि फुटबल खेलेकी जमुनाले कोरना कालमा रेफ्रिको टे«निङ्ग लिएकी जमुना केहि महिना अघि सम्पन्न महिला राष्ट्रिय फुटबल प्रतियोगीतामा रेफ्रिको भुमिकामा मैदानमा देखिइन् । पूर्वमा आयोजना हुने अधिकांश फुटबल प्रतियोगीतामा रेफ्रिको भूमिकामा देखीने जमुना पथरीशनिश्चरे ४ निवासी हुन् ।
२ सिजन पथरीशनिश्चरे गोल्डकप सम्मन्न भएको नगरमा यसै वर्ष तेश्रो पथरीशनिश्चरे गोल्डकपको तयारीमा स्थानिय फुटबल खेलाडी र शुभेक्छुकहरु जुटिरहेका छन् । पथरी शनिश्चरे नगरमा प्रस्तावित रंगशालामा दुई गोल्डकप सम्पन्न भइसकेको छ भने तेश्रो गोल्डकप पनि असोजबाट गर्न लागिएको पथरी फुटबल क्लबका अध्यक्ष सुमन बि।क बताउछन् । त्यसो त पथरीशनिश्चरे नगरमा सिरीजंघा च्यालेन्ज कप लगायतका फुटबल प्रतियोगीता पनि हुदै आएका छन् , पथरीशनिश्चरे ७ को न्यु स्टार क्लवले फुटबल प्रतियोगीता आयोजना गर्दै आएको छ । कुनै समय नगरमै पहिलो पटक किर्तिपुर गोल्डकप सुरु गरेको क्लबले पछिल्लो समय भने नक आउट प्रतियोगीता आयोजना गर्दै आएको छ ।

नगर खेलकुद समितीले दुइ वर्ष खेलकुद महोत्सव गरेर पथरीशनिश्चरे नगरको खेलकुद क्षेत्रमा उभार ल्याएको थियो । फुटबल, क्रिकेट, मिनी म्याराथुन, कराते, भलिबल, तेक्बान्दो र बुद्धिचाल प्रतियोगीता सम्पन्न गरेको थियो । सो प्रतियोगीताले फुटबलमा क्लब स्तरिय र अन्य प्रतियोगीता वडा स्तरीय भएका थिए । देशमा भएको परिस्थीतीका कारण यस वर्ष महोत्सवलाई निरन्तरता दिन नसकेको खेलकुद विकास समितीका संयोजक दिपक राई बताउन् । प्रतियोगीता भन्दा पनि यस वर्ष नगर खेलकुद विकास समितीले विभिन्न क्लव र संस्थाले आयोजना गर्ने प्रतियोगीतालाई सहयोग गरेको राईको भनाई छ ।
पछिल्लो समय भेट्रान फुटबलको क्रेज समेत नगरमा वडदो रहेको छ । पुर्व खेलाडीहरु विच मेलमिलाप र भेटघाट हुने र फुटबलको संस्कृती समेत वडने भन्दै भेट्रान फु्टबल प्रतियोगीता आयोजना हुन थालेका छन् । पथरी भेट्रान फुटबल क्लबले यस वर्ष समेत भेट्रान फुटबल प्रतियोगीता सम्पन्न गरेको छ । त्यसो त पथरीशनिश्चरे ३को शान्ती फुटबल क्लबले समेत दोश्रो भेट्रान कप प्रतियोगीता यसै वर्ष सम्पन्न गरेको छ । झापा र मोरङ्गका विभिन्न क्लब सहभागी सो प्रतियोगीतामा नेपाली राष्ट्रिय फुटबल खेलाडीको समेत सहभागीता रहेको थियो ।
वडा नम्वर २ ले नगरभरिमा वडाबाट प्रत्येक वर्ष बिभिन्न खेलकुदका प्रतियोगीता सम्पन्न गरिरहेको छ । वडा अध्यक्ष नैना राईका अनुसार वडाका खेलाडीको क्षमता बृद्धिका लागि यस्ता प्रतियोगीता आयोजना गर्ने गरिएको हो । यस वर्ष पनि फुटबल र क्रिकेटका प्रतियोगीता आयोजना गर्ने लक्ष्य राखेको छ । त्यसो त वडा नम्वर ७ ले समेत वडा स्तरिय फुटबल प्रतियोगीता आयोजना गरेको छ । वडा नम्वर ८ले फुटबल मैदान निर्माण सुरु गरेको छ । त्यसो त ८ नम्वर वडाले वडा भित्रका विभिन्न खेलाडीहरुको विमा समेत गरेको छ । वडाले सुरु गरेको यो कार्य नेपालमै पहिलो हुने दावी वडा अध्यक्ष नविन कार्कीको रहेको छ ।
यस वर्ष नगरले २५ लाख रुपैँया युवा तथा खेलकुदका क्षेत्रमा बजेट छुट्याएको छ भने वडागत रुपमा वडाहरुले पनि सिलिङ बजेटमा आफ्नो वडामा बजेट छुट्याएका छन् । वडा नम्बर १, २, ३ ले ३ लाख, ४ ले १ लाख ५० हजार ६ ले १ लाख, ७ ले ४ लाख, ८ ले ५० हजार, ९ ले १ लाख, १० ले ७५ हजार रुपैँया खेलकुद शीर्षकमा यस वर्ष खर्च गर्ने गरि बिनियोजन गरेसंगै यो क्षेत्रमा खेलकुदको बिकासका लागि थप टेवा पुग्ने छ । यस वर्ष नगरले कम्तीमा एउटा वडामा एक ब्यामशाला निर्माण गर्ने र नगरका खेलमैदान स्तर उन्नतीका लागि निती मै तय गरिएको छ । हाल पथरीको जाते मोडको रंगशाला र पथरी शरणार्थी शिविरको फुटबल मैदानमा हाल फुटबल प्रतियोगीता सञ्चालन हुदै आएको छ ।
हिजोका दिनमा फुटबल खेल्न राम्रो मैदानको अभावका विच पनि फुटबल खेलेका कुरुम्वाङ्ग जस्ता खेलाडीका लागी नगरका विभिन्न स्थानमा मैदान निर्माणका चरणमा रहेका छन् । वुद्ध मावीको खेल मैदान र भगीरथ मावीको खेल मैदान निर्माण चरणमा रहेका छन् । भागीरथ खेल मैदान पुर्ण सन्चालनमा आए पुर्वका प्रतिष्ठीत गोल्डकप समेत खेलाउन सकिने पथरीशनिश्चरे ४ का अध्यक्ष लोक किरण न्यौपानेको भनाई रहेको छ । उनका अनुसार खेल मैदानको सवै काम सकिएपछि अस्थाई नै भए पनि प्याराफिट निर्माण गरेर ठुला प्रतियोगीता सन्चालन गर्न सकिने छ । पथरीशनिश्चरे ६ तित्रीझार मा समेत फुटबल मैदानको निर्माण थालिएको छ । कोशी प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद र वडाको वजेटमा करिव ५० लाखको बजेट वाटै मैदान निर्माण सुरु गरिएको हो । यो मैदान निर्माण पछि दक्षीणी क्षेत्रका खेलाडीलाई सहज हुने रन्जन थापा बताउछन् । थापा राष्ट्रिय खेलकुद परिषदको कर्मचारी परिषदका केन्द्रिय अध्यक्ष रहिसकेका हुन् । पथरीशनिश्चरे नगरवाट राष्ट्रिय प्रशिक्षक वनेको इतिहास थापा संग छ । उनी लामो समय नेपाली हक्की खेलका प्रशिक्षक रहेको थिए ।
नगरमा मैदानको अभावका कारण ठुला प्रतियोगीता हुन सकेका छैनन् । पथरी बजारमा रहेको मैदानमा मात्रै केहि गोल्डकप आयोजना भएपनि गाँउ भेगमा भने मैदान अभावकै कारण प्रतियोगीता आयोजना भएका छ्रैन्न। यसका लागी नगर वाट समेत पहल हुनु पर्ने फुटबल खेलाडीहरु बताउछन् ।
त्यसो त पथरीशनिश्चरे नगरभित्र क्रिकेट खेलको क्रेज समेत उल्लेख्य रहेको छ । क्रिकेटमा पथरीको सुरुवात भारतिय सेनामा काम गरेर फर्किएका र उनका परिवार वाटै सुरु भएको हो । पथरीशनिश्चरेको हसहन्द क्षेत्रमा क्रिकेट खेल खेल्ने खेलाडी भए पनि व्यावसायीक रुपमा पथरीशनिश्चरे नगरमा क्रिकेट सुरुवात भने ६० को दशक वाट सुरु भएको पाइन्छ नगरवाट अभिषेक बि।क र सुधिर बस्नेत ले उमेर समुहमा मोरङ जिल्ला टिमबाट छनौट खेल खेल्न पुगे । सागर कटुवाल, आर्दश कार्की, दिपेश भण्डारी ले जिल्ला क्रिकेट प्रतियोगीतामा सहभागीता जनाइसकेका छन् भने आश्विन महतले प्रदेश क्रिकेट टिमबाट सहभागीता जनाइसकेका छन् । पथरीशनिश्चरे क्रिकेट क्लबले जिल्ला बि डिभिजन क्रिकेट प्रतियोगीतामा सहभागी हुदै आएको छ । क्रिकेटको लागि खेल मैदानको अभाब भने रहेको छ । फुटबल ग्राउण्डमै क्रिकेट प्रतियोगीता गर्नु पर्ने बाध्यता रहेको छ । क्रिकेट खेलाडी उत्पादन गर्न स्थानिय किर्तीपुर एकेडेमीले खेलाडी उत्पादन गर्न प्रशिक्षण सुरु गरेको प्रशिक्षक राकेश राई बताउछन् । राकेशले क्रिकेटको प्रशिक्षक प्रशिक्षण लिएका छन् । महिला क्रिकेटमा भने किर्तिपुर क्रिकेट एकेडमीले उत्पादन गरेका खेलाडीले प्रदेश स्तरीय प्रतियोगीतामा मात्र नभई भारतमा समेत प्रतिष्पर्धा गरेका छन् । सुवेक्छा लिम्बु, समिक्षा राई स्मारीका गौतमले भारतको विहारमा आयोजना भएको प्रतियोगीतामा सहभागी भइसकेका छन् । स्मारिकाले कोशी प्रदेश टिमको प्रतिनिधीत्व गर्दै भारतको सिक्किममा समेत प्रर्दशन गरिसकेकी छन् । पछिल्लो वर्ष कन्चनजघा दैविक प्रकोप व्यावस्थापन समितीले कोशी प्रदेशका क्रिकेट टिम विच च्यालेज कपको आयोजना गरेपछि भने नगरभित्र ठुला क्रिकेट प्रतियोगीता आयोजना भएका छैनन् । नगरभित्र ठुला प्रतियोगीता आयोजना नभए पनि उमेर समुहका र मैत्रीपुर्ण क्रिकेटका खेलहरु भने आयोजना भइरहेको किर्तिपुर एकेडमीका राकेश राई बताउछन् ।
पथरीशनिश्चरे नगरबाट भलिबल खेलमा उज्जल न्यौपाने राष्ट्रिय प्रतियोगीतामा सहभागी भएका खेलाडी हुन । उनी हाल बैदेशीक रोजगारीका क्रममा जापान पुगेका छन् । भलिबलका लागी स्थानिय रेडस्टार मावीले प्रदेश स्तरीय प्रतियोगीता आयोजना गर्दै आएको छ । कलेज स्तरिय भएपनि भलिबल खेलाडीहरु नगरमा आउने गरेका छन् ।
पथरीशनिश्चरे नगरमा वर्षेनी हुने बुद्धिचाल प्रतियोगीता समेत हुदै आएको छ । राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी समेत सहभागी हुने सो प्रतियोगीता पथरीशनिश्चरे नगरको खेलकुदको गौरबका रुपमा हेरीने गरेको छ । पथरीशनिश्चरे नगरमा आयोजनमा हुने बु्द्धिचाल प्रतियोगीतामा त राष्ट्रिय तथा अन्तराष्ट्रियमा रेटिङ्गका खेलाडी आउने र उनीहरुको उपभोग गर्न सके पथरीशनिश्चरेको पर्यटन र प्रचार प्रशारमा महत्वपुर्ण कार्य हुन सक्ने सरोकार वाला वताउछन् । प्रतियोगीता आयोजना गरिरहेका अध्यक्ष अमिर राईका अनुसार प्रतियोगीताको ‘हाइप’ निक्कै माथी छ यसको उपभोग सवैले गर्नु पर्दछ ।
नगरमा क्रियाशील विभिन्न क्लबहरूले केवल प्रतियोगिता मात्र आयोजना गरेका छैनन
नगरको पहिचानलाई बलियो बनाउने काम पनि गरेका छन् । यी क्लबहरूले युवालाई संगठित बनाउने, सकारात्मक क्रियाकलापमा संलग्न गराउने र समुदायसँग जोड्ने प्रयास गरेका छन् । उनीहरू नै भविष्यका आयोजक, प्रशिक्षक, खेल पत्रकार र टुर गाइड बन्न सक्छन् । युवालाई संगठित गरेका क्लबहरुले तिनै युवालाई भविश्यमा जिविकोपार्जनका लागी गन्तव्य देखाउनु पर्ने देखीन्छ । यहाँ वाट उत्पादित खेलाडीलाई भविश्यमा एकेडमी निर्माण गरेर खेल प्रशिक्षक वा व्यावस्थापकको जिम्मेवारी दिन सकिन्छ । यसले खेलाडीलाई भविश्यमा के गर्ने भन्ने चिन्ता रहदैन पुर्व खेलाडी अर्जुन बस्नेतको विचार छ । पथरी ११का प्रशिक्षक समेत रहेका बस्नेतका अनुसार मैदानको अभाव विच पनि फुटबल खेलाडी उत्पादन हुनु सकारात्मक भएको बताउछन् ।
पथरीशनिश्चरे नगरपालिकाले पछिल्लो तीन वर्षमा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको छ । नगर सभा बाट बजेट छुट्याउने, खेल सामग्री वितरण गर्ने, क्लबहरूलाई प्रोत्साहन गर्ने, र मैदान सुधार गर्ने काम भइरहेका पथरीशनिश्चरे नगरखेलकुद विकास समितीका संयोजक राई वताउछन् ।
नगरपालिका वाट पथरीशनिश्चरे–१ को प्रस्तावित पथरी रंगाशालालाई स्तरीय बनाउने योजना अघि बढाइएको छ । त्यहाँ, दर्शक बस्ने स्थाई प्याराफिट,कार्यक्रम गर्ने मञ्च शौचालय, बाउन्ड्रीवाल बनाउने योजना प्रस्तावित छ । यसले मैदानको अभावलाई केहि हद सम्म समाधान हुने नगर खेलकुद संयोजक राई बताउछन् ।
क्रिकेट मैदानका लागी पथरीशनिश्चरे २ वडाले समेत मैदान तयार गरेको छ । सुनझोडा खोला नजिकै रहेको अतिक्रमित भुभागलाई खालि गराएर प्रस्तावित क्रिकेट मैदान निर्माण सुरु गरिएको वडा अध्यक्ष नैना राई वताउछन् । क्रिकेट रंगशालाका रुपमा विकास गर्न वडा कार्यालय लागीपरेको छ । यसै वर्ष क्रिकेटको पिच निर्माण गर्नका साथै मैदान सरसफाई र वाउण्डी निर्माणको काम थालिएको छ । यसै वर्ष सो मैदानमा वडा स्तरिय क्रिकेट प्रतियोगीता गर्न लक्ष्य वडाले लिएको छ । मैदान निर्माण कार्यले यहाका खेलाडीमा केहि राहात भने भएको छ ।
क्रिकेट मैदानको अभाव झेलिरहेका पथरीशनिश्चरे नगरका क्रिकेट खेलाडीलाई मिनी साइजमै भएपनि क्रिकेट खेल मैदान बन्नु सुखद पक्ष हो । नगरमा फुटवलका विभिन्न मैदान भएपनि क्रिकेटका लागी मैदान अभाव रहदै आएको छ ।
पथरीशनिश्चरे नगरमा आयोजना हुने क्रिकेट प्रतियोगीता फुटबल मैदानमै आयोजना हुदै आएका छन् । पथरीशनिश्चरेमा चार संस्करणमा पथरीशनिश्चरे प्रिमियर लिग, दुई संस्करणमा सिएम कन्दङ्गवा कप र सात संस्करणमा विरेन्द्रनगर च्यालेन्ज कप प्रतियोगीता संन्चालन भएका छ । यी सवै प्रतियोगीता मैदान अभावमै रोकिएका छ । कति पय वडामा त क्रिकेट प्रशिक्षण गर्ने प्रशिक्षण स्थलको अभावमा खेलाडीले सास्ती भोगीरहेका छन् ।
पुराना खेलाडीहरु ट्रफि जित्नका लागी प्रतिष्पर्धामा उत्रिने गरेका भए पनि पछिल्लो समय पथरीशनिश्चरे कै खेलाडीहरु व्यावसायीक रुपमा फुटबल खेल खेल्न थालेका छन् ।
पथरीशनिश्चरे नगरभित्र हुने खेलकुद प्रतियोगीताले स्थानिय खेलाडी उत्पादनसंगै पुराना पुस्ताका खेलाडीलाई समेत हौसला हुने गरेको छ । जसलाई नगरले वार्षिक रुपमा खेलकुदमा लगानी गरेसंगै खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने निश्चित छ ।

सम्बन्धित खवर