माधब प्रसाद बास्तोलाको भरतपाेखरी घरदैलोमा सयाैं युवाको सहभागिता

माधब प्रसाद बास्तोलाको भरतपाेखरी घरदैलोमा सयाैं युवाको सहभागिता

कास्की कांग्रेस २ को पोखरा महानगरपालिका वडा नंं ३३ को ने.का. २ प्रतिनिधि सभा सदस्य माधब प्रसाद बास्ताेला ( मधु )को चुनावी  घरदैलो,कार्यकर्ता भेटघाटमा सयाैं युवाको सहभागिता रहेको छ ।

उम्मेदवार बास्तोलाले अवको विकासक युवा मैत्री र युवा नेतृत्वमा केन्द्रित बन्नु पर्नेमा जोड दिए । उनले युवाहरुको सहभागिताबाट मात्रै विकास सम्भव भएको भन्दै सवै ठाउँमा युवाहरुको समाज सहभागिता हुनेपर्ने आवश्यकता औल्याए ।

उनले चुनावी अभियानमा आज पोखरा महानगरपालिका वडा नं ३३ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । पाटीका विभिन्न भातृ संघका पदाधिकारी एव कार्यकर्ताका घर घरमा पुगि यस क्षेत्रको समस्या र समाधानका उपायका बारेमा नागरिक सँग भेटघाटमा विकासको आवश्यकता, समस्या र समाधानका उपायका बारेमा प्रत्यक्ष भेटघाट मार्फत समाधानका उपायका बारेमा घरदैलो गरिएको र आफु क्षेत्र नंं २ नेपाली कांग्रेसको उम्मेदवारको रुपमा खडा भएको बताए ।

कार्यकर्ता भेटघाटका क्रममा  सुकुम्वासी समस्यालाई आफु विजयी भए व्यवस्थित सुकुवासी समस्या समाधान गर्ने, क्षेत्रीय बसपार्क निर्माण,  कृषिमा आधुनिकीकरण,जडिबुटि प्रसोधन केन्द्र,  सुकुम्वासी समस्या,  शिक्षा स्वास्थ्य र  क्षेत्रको समग्र विकासका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत आत्मनिर्भर वडा निर्माण गर्नुपर्नेमा जोड दिए ।

बास्ताेलाले आज विभिन्न वडाका घरदैलौ कार्यक्रमलाईलाई सम्वोधन गर्दै  कृषकलाई केन्द्रमा राखेर आयआर्जन अभिवृद्धि गर्ने योजनालाई प्राथमिकतामा राखेको बताए । उनका अनुसार सडक पहुँच विस्तार, कृषि आधुनिकीकरण, माहुरीपालन तथा जडीबुटी उत्पादनमार्फत वडाको  अर्थतन्त्र सुदृढ गर्न सकिनेछ। वडा विकास बिना देशको विकास सम्भव छैन,” उनले भने, “स्थानीय अधिकार र प्राकृतिक स्रोतको उपयोग स्थानीयकै हितमा हुनुपर्छ।” उनले महिला अधिकार, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार, व्यावसायिक शिक्षा र व्यवसायमुखी कृषिलाई क्षेत्रीय विकासका आधार स्तम्भका रूपमा अघि सारे ।

कार्यक्रममा प्रदेश सभापति दिनेश आचार्य, क्षेत्रीय सभापती केशर प्रसाद निर्दाेषी, काङ्ग्रेसका नेता साेभियत बहादुर अधिकारी ,वडा अध्यक्ष रामचन्द्र अधिकारी , विभिन्न भ्रातृ संगठनका प्रतिनिधि, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। नेपाली काङ्ग्रेस पाेखरा ३३ इकाईका सह-सचिव सन्ताेषधर आचार्यले नेपाली काङ्ग्रेस क्षेत्र नं २ मा मधुकाे जित सुनिश्चित भएकाे बताए भने विहान देखि कालिकास्थान , पानी टंकी ,पुरानाे बस पार्क, तिक्लाङ,छप्ल्याङ,उपल्लो पुँडी , तल्लो पुँडि, लगायतका बस्ती र टोलमा घरदैलो अभियान सञ्चालन गरेकाे थियाे ।

सम्बन्धित खवर