पोखरा–१३ मा तिलक रानाभाटको घरदैलो, युवा र प्रविधिमैत्री विकासमा जोड

पोखरा–१३ मा तिलक रानाभाटको घरदैलो, युवा र प्रविधिमैत्री विकासमा जोड

नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाट ले पोखरा महानगरपालिका वडा नम्बर १३ मा मंगलबार घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।

भेटघाटका क्रममा उम्मेदवार रानाभाटले अबको विकासलाई युवा–मैत्री र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै चुनाव जितेर संसदमा पुगेपछि सूचना तथा प्रविधिमा आधारित विकास कार्यक्रमलाई पहिलो प्राथमिकतामा राख्ने बताए।

घरदैलो कार्यक्रम भद्रकाली चोक, गौडाको मुख, मियापाटन, बीपीमार्ग, शान्तिटोल, काउखोला टोल, पाटनबेसी टोल, घटेखोला, साझा टोल, आर्वा सुनडाँडा र नवदुर्गा टोल लगायत स्थानमा सम्पन्न भएको थियो।

कार्यक्रममा वडा नम्बर १३ का वडाध्यक्ष किरण बराल ले रानाभाटको विजयसँगै वडाको विकासमा गति थपिने तथा राष्ट्रिय बजेटबाट ठूला योजनाहरू भित्र्याउन सहज हुने विश्वास व्यक्त गरे।
नेपाली कांग्रेस पोखरा–१३ का सभापति माधवप्रसाद सिग्देल को अध्यक्षतामा सम्पन्न कार्यक्रमबारे क्षेत्रीय सचिव ओम प्रकाश गुरुङ ले जानकारी दिएका थिए।

यसैबीच, नेपाली कांग्रेस कास्की–१ ले चुनाव केन्द्रित गतिविधिलाई तीव्र बनाउँदै मंगलबार क्षेत्रीय निर्वाचन सचिवालयमा दलित समुदाय समन्वय उपसमितिको बैठक पनि सम्पन्न गरेको छ। बैठकमा प्रमुख अतिथि जीवन परियार ले सबैको सहकार्यबाट देशभर कांग्रेसको विजय लहर आउने दाबी गर्दै नवप्रवर्तिशील योजनामार्फत देश विकासमा नयाँ आयाम थपिने बताए।

क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछाने ले दलित समुदायको हक–अधिकार सुनिश्चित गर्न कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। समितिका संयोजक किसान सुनार को अध्यक्षतामा सम्पन्न बैठकमा दलित अगुवा तथा कार्यकर्ताहरूले धारणा राखेका थिए भने कार्यक्रम सञ्चालन युवा नेता रविन सुनार ले गरेका थिए।

सम्बन्धित खवर