पोखरा–१० मा मतदातासँग घरदैलो : तिलक रानाभाटद्वारा सडक र फुटट्र्याकलाई प्राथमिकता

पोखरा–१० मा मतदातासँग घरदैलो : तिलक रानाभाटद्वारा सडक र फुटट्र्याकलाई प्राथमिकता

तिलक रानाभाट, नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का उम्मेदवार, ले पोखरा महानगरपालिका वडा नम्बर १० का विभिन्न टोलमा मतदातासँग भेटघाट तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलो अभियानका क्रममा रानाभाटले नेपाली कांग्रेसको नेतृत्वमा आगामी सरकार गठन हुने र पार्टीका युवा नेता गगन थापा ले सरकारको नेतृत्व गर्ने दाबी गरे। देशको विकास र समृद्धिका लागि नेपाली कांग्रेस नै सक्षम शक्ति भएको उनको भनाइ थियो।

रानाभाटले वडा नम्बर १० भित्र सडक स्तरोन्नति तथा फुटट्र्याक निर्माणलाई उच्च प्राथमिकतामा राख्दै योजनाबद्ध रूपमा काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले रामबजार, जनप्रिय टोल, मिलन टोल, बुद्धचोक, रक्षामार्ग र राममार्ग लगायत क्षेत्रमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरेका थिए।

कार्यक्रममा वडा अध्यक्ष राजेश गुरुङ, वडा सभापति दिपकबहादुर थापा, महाधिवेशन प्रतिनिधि निशा मल्ल ठकुरी, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय सदस्य विजय घिमिरे, तरुण दलका नेता अमित गुरुङ, वडा सदस्य चुदीमाया नेपाली र नरदेवी गुरुङ, स्थानीय नेता परमेश्वर कार्की, विष्णुप्रसाद शर्मा, क्षेत्रीय सदस्य सम्मर श्रेष्ठ, नेपाल महिला सङ्घ कास्की उपसभापति अनिता तिमिल्सिना, क्षेत्रीय प्रतिनिधि प्रकाश कार्की तथा नेविसंघ नेता आविष्कार रानामगर लगायतले मन्तव्य राखेका थिए।

कार्यक्रमबारे जानकारी दिँदै क्षेत्रीय सचिव ओमप्रकाश गुरुङले घरदैलो अभियानलाई वडा स्तरमा उत्साहजनक सहभागिता प्राप्त भएको बताए।

सम्बन्धित खवर