लेखनाथ रङ्गशाला निर्माण पूरा गर्ने प्रमुख एजेन्डा : तिलक रानाभाट

लेखनाथ रङ्गशाला निर्माण पूरा गर्ने प्रमुख एजेन्डा : तिलक रानाभाट

तिलक रानाभाटले आफ्नो चुनावी प्रचारप्रसार अभियानलाई तीव्र पार्दै नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का तर्फबाट पोखरा महानगरपालिका वडा नम्बर २९ मा मतदाता भेटघाट तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलो तथा अन्तरक्रिया कार्यक्रमका क्रममा विभिन्न टोल, युवा क्लब र आमा समूहहरूसँग संवाद गर्दै रानाभाटले लेखनाथ रङ्गशालाको निर्माण कार्य पूरा गर्नु आफ्नो प्रमुख एजेन्डा रहेको बताएका छन्। अत्यन्त सम्भावना बोकेको रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको खेलकुद गतिविधि सञ्चालन गर्न सक्षम बनाउने लक्ष्यसहित चुनाव जितेपछि पहिलो प्रस्तावका रूपमा प्याराफिटसहितको राष्ट्रियस्तरको रङ्गशाला निर्माण अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरे।

प्रचार कार्यक्रमअन्तर्गत पुलचोक, पटनेरी, नवदुर्गा, समूह आमा मिलन समूह, १५ साल आमा समूह, नौबिसे टोल, नयाँ बस्ती र भण्डारी टोललगायत क्षेत्रमा मतदाता भेटघाट तथा सुझाव संकलन गरिएको थियो।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्कीका उपसभापति रामबाबु भण्डारीले सुधारिएको कांग्रेस नेतृत्वमा आगामी सरकार गठन भई विकास र समृद्धिको नयाँ ढोका खुल्ने दाबी गरे। सो अवसरमा महाधिवेशन प्रतिनिधि सुरजंग राणा, नेपाल तरुण दलका केन्द्रीय सदस्य सागर गुरुङ, क्षेत्रीय सदस्य सनबहादुर गुरुङ तथा स्थानीय नेताहरू चन्द्रावती पौडेल, किरण भण्डारी, बिन्दु भण्डारी, दिलकुमारी गुरुङ, कमल बहादुर गुरुङ, मनसुन गुरुङ, टिका गुरुङ, दयराज भण्डारी, विद्यार्थी नेता रसिसहरी भण्डारी, राजीव भण्डारी र राजन भण्डारीलगायतले उम्मेदवार रानाभाटको विजयका लागि शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रम पोखरा महानगरपालिका–२९ अन्तर्गत नेपाली कांग्रेसका कार्यवाहक सभापति चिनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको क्षेत्रीय सचिव ओमप्रकाश गुरुङले जानकारी दिए।

सम्बन्धित खवर