पोखरा–२७ कास्कीमा तिलक रानाभाटप्रति स्थानीयको समर्थन, “विकासका लागि विकल्प छैन”

पोखरा–२७ कास्कीमा तिलक रानाभाटप्रति स्थानीयको समर्थन, “विकासका लागि विकल्प छैन”

तिलक रानाभाटप्रति पोखरा महानगरपालिका वडा नम्बर २७ का स्थानीयहरूले बलियो समर्थन व्यक्त गरेका छन्। नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार रानाभाटको विकल्प कोही नरहेको स्थानीयको भनाइ छ।

चुनावी प्रचारअन्तर्गत वडा नम्बर २७ मा आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा स्थानीयहरूले देशको विकासका लागि नेपाली कांग्रेस नै उपयुक्त विकल्प भएको र कास्की–१ मा रानाभाटभन्दा सक्षम उम्मेदवार नरहेको बताएका हुन्।

कार्यक्रममा बोल्दै पोखरा–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले रानाभाटको विजयसँगै क्षेत्रको समृद्धिका लागि स्पष्ट विकास खाका तयार हुने विश्वास व्यक्त गरे। उनले क्षेत्र नम्बर १ लाई समृद्ध र नमुना क्षेत्र बनाउने अभियानमा सबैले एकजुट हुनुपर्ने बताए।

त्यस्तै नेपाली कांग्रेस कास्कीका सचिव भानुभक्त ढकालले कांग्रेसको विजयसँगै गगन थापाको नेतृत्वमा सरकार गठन भई विकासको नयाँ लहर सुरु हुने दाबी गरे।

नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का सभापति तथा निर्वाचन परिचालन समितिका संयोजक राजेन्द्रमणि लामिछानेले आधुनिक प्रविधिमा आधारित विकास र युवालाई स्वरोजगार तथा व्यवसायमुखी बनाउन कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रममा कांग्रेसका नेता चतुराकार अधिकारी, प्रेम बराल, विष्णु गुरुङ, जितेन्द्र क्षेत्री, सूर्यबहादुर वाग्ले, लक्ष्मी सुनार, बुद्धिमाया रिजाल, अम्बिका आचार्य, शेखनाथ लामिछाने, सीता अधिकारी, अर्पण नेपाली, नरबहादुर मल्ल, घनश्याम ढुङ्गाना, मिना तामाङ, झकबहादुर तामाङ, रमा आचार्य, कमलप्रसाद आचार्य, सीता आचार्य, नरेन्द्र कुमाल, जमुना गुरुङलगायतले मन्तव्य राखेका थिए।

घरदैलो कार्यक्रमअन्तर्गत शिवटोल, छत्रेढुङ्गा, खोलाको डिल, सयलेपाखा, घरेलुचौर, कुमालटोल, डाँडाको नाक, भित्री डाँडाको नाक, गच्छाफाँट, गोलपाटन, कालिमाटी तथा तामाङ समाज क्षेत्रहरूमा मतदाता भेटघाट सम्पन्न गरिएको क्षेत्रीय सचिव ओमप्रकाश गुरुङले जानकारी दिए।

नेपाली कांग्रेस पोखरा–२७ का वडा सभापति नारायणमणि लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव धर्मदत्त बराल र गोपीकृष्ण तिवारीले गरेका थिए।

सम्बन्धित खवर