विराटनगर
विराटनगरको मेन रोड स्थित अथिति सदन अगाडीको धेरै बर्ष पुरानो पिपलको रुख काटेको भन्दै विराटनगरका सामाजिक अभियान्ता पारुल क्षेत्री रुख मुनि बसेर विरोध जनाएका छन् । नेपाल विद्युत प्राविधीकरणले अतिथी सदन अगाडी रहेको पिपलको रुख आइतवार काटेको थियो । विरुवा बचाउनु पर्ने समयमा रुख काटेर बदमासी गरेको भन्दै अभियान्ता क्षेत्रीले यो कार्य सम्लग्नहरु धर्म विरोधी समेत भएको बताए । यस कार्यले पर्यवरणमा असर पुगेकाले यस्ता कार्य नगर्न आग्रह गरेका छन् । उनी विगत केही बर्ष यता विराटनगरलाई हरित नगरी बनाउने अभियानमा जुटिरहेका छन् ।







