पद्यश्री  साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

पद्यश्री  साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

चितवन,– क्षेत्रीय साहित्यको प्रवर्द्धनमा सक्रिय ‘मलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान’ रत्ननगर–१, चितवनद्वारा स्थापना गरिएको पद्यश्री  साहित्य पुरस्कारका लागि यस वर्षका उत्कृष्ट पुस्तकहरूको संक्षिप्त सूची सार्वजनिक गरिएको छ।

वि.सं. २०७९ भित्र प्रकाशित नेपाली साहित्यका पुस्तकहरूमध्येबाट छनोट गरिएका उत्कृष्ट पाँच कृति यही पुरस्कारका लागि अन्तिम प्रतिस्पर्धामा परेका छन्। प्रतिष्ठानले प्रथम चरणमा प्राप्त २०३ कृति मध्येबाट १५ पुस्तकको विस्तारित सूची सार्वजनिक गरेको थियो। सोही आधारमा दोस्रो चरणको मूल्याङ्कनपछि पाँच उत्कृष्ट कृति छनोट गरिएका हुन्।

सार्वजनिक सूचीमा परेका पुस्तकहरू र तिनका लेखक यसप्रकार छन् उरामाल – आख्यान 
२. छालबाटो – गैह्र आख्यान – रमेश भुसाल
३. गुमनाम सगरमाथा – नियात्रा – भवानी खतिवडा
४. स्व – उपन्यास – सरस्वती प्रतीक्षा
५. हिँडेकै गीत – उपन्यास – तीर्थ गुरुङ

समिति अध्यक्ष जीवा लामिछानेका अनुसार, यिनै पाँच कृतिमध्ये एकलाई पक्षी साहित्य पुरस्कार प्रदान गरिनेछ। पुरस्कारको अन्तिम निर्णय निर्णायक मण्डलको सिफारिसमा गरिने जनाइएको छ।

 

सम्बन्धित खवर